देशभर १५८ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु
शिक्षाखबर डेस्क
१७ फाल्गुन २०७८, मंगलवार
no immg

१७ फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४५८ पिसिआर र २०४६ जनाको एन्टिजेन परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ३५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया