क्रान्तिकारी एन.पि.आइ मा बस्नेतको नेतृत्व
शिक्षाखबर डेस्क
६ चैत्र २०७४, मंगलवार
no immg

चितवन,माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी एन.पि.आइ को आज सम्पन्न सम्मेलनले सुन्दर बस्नेतको नेतृत्वमा २५ सदस्यीय इकाई मूल इकाई समिति सर्बसम्मत निर्वाचित गरेको छ ।

कृषि र भेटनरी संकायको  स्नातक र डिप्लोमा तह अध्ययन हुने सो एन.पि.आइ कलेजमा क्रान्तिकारीले  बिद्यार्थी शैक्षिक भ्रमण भत्ताको लागु गराए संग-संगै पहिलो सत्रान्तका बिद्यार्थीका लागि  A syllabus and Question Bank With Solution भन्ने सहयोगी पुस्तक निरन्तर प्रकासन गरि स्थापनाकाल देखिनै आम विद्यार्थीको लोकप्रिय संगठन बन्न सफल भएको सो इकाइका संस्थापक अध्यक्ष मोहन कुमार बिस्ट बताउनुहुन्छ ।

‘यस कलेजमा क्रान्तिकारीको भेला र सम्मेलनहरु निरन्तर गर्ने गरेको जसको संस्थापक अध्यक्षमा मोहन कुमार बिस्ट त्यसै गरि गिरिराज खनाल, द्रोण प्रसाद पोखरेल, निरज बेल्बासे,बिबेक शाही पश्चात आफुले जिम्मेवारी सम्हालेको र त्यसैको निरन्तरतामा आज भब्य सम्मेलनबाट अध्यक्षमा सुन्दर बस्नेत, उपाध्यक्षमा प्राची ओली,योगेश योगी र दलजित नेपालि, दान बहादुर रम्तेल, सचिबमा सुरज भण्डारी,सह-सचिबमा उदित नारायण सिंह र कुलचन्द्र उपाध्याय अनि कोषाध्यक्षमा प्रतिमा थापा सहित २५ जनाको समिति निर्वाचित भएको हो’ सो इकाइका निबर्तमान अध्यक्ष राजन रावतले शिक्षाखबरलाई बताउनु भयो ।

सम्मेलन प्रमुख अतिथि बिद्यार्थी फ्राक्सन इन्चार्ज इश्वर सापकोटाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा वाई.सी.एल का चितवन जिल्ला अध्यक्ष इश्वर रेग्मी, पूर्व बिद्यार्थी इन्चार्ज दिलिप पौडेल,केन्द्रीय सदस्य सुरज सिंह ठकुरी, जिल्ला संयोजक बसन्त आचार्य लगाएतका जिल्ला स्तरीय र इकाइका पूर्व नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया