सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता
शिक्षाखबर डेस्क
८ चैत्र २०७८, मंगलवार
no immg

८ चैत, अष्ट्रेलिया । अष्ट्रेलियाको सिडनीबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । सिड्नीको क्याम्प्सीमा बसोबास गर्दै आएका २३ वर्षीय अनुज कुँवर गत १६ मार्च बुधबारबाट बेपत्ता भएका हुन् ।

न्यूसाउथवेल्स प्रहरीले उनको खोजी गरिरहेको जानकारी दिएको छ । उनी अन्तिम पटक देखिएको र त्यसपछि कहाँ छन् के भएको छ भन्नेबारे खुल्न नसकेको प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।

यदि कसैले उनलाई देखेमा तत्कालै क्याप्सी प्रहरीको फोन नम्बर ९७८४९३९९ मा फोन गर्न वा १८००३३३००० मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

https://twitter.com/nswpolice/status/1505923917596491777?cxt=HHwWgoDU8eD0juYpAAAA

प्रतिक्रिया