सुदूरपश्चिम प्रदेशमा सरकारी जागिरको माैका, ८ कक्षा पास गरेकालाई पनि अवसर
शिक्षाखबर डेस्क
९ चैत्र २०७८, बुधबार
no immg

९ चैत, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशमा सरकारी जागिरको अवसर खुलेको छ । प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको सुचना बुधबार जारी गरेको छ ।

सुचनामा उल्लेख भए अनुसार वन रक्षक पदका लागि १६७ पदमा दरखास्त आह्वान गरिएको छ । आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।

यस पदमा दरखास्त दिनका लागि कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका व्यक्ति योग्य हुनेछन् ।

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया