सीटीईभीटीको प्रवेश परीक्षा दिँदै हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्
शिक्षाखबर डेस्क
१ श्रावण २०७३, शनिबार
no immg

काठमाडौं– सीटीइभीटीले डिप्लोमा तहको प्रवेश परीक्षा साउन १२ गते गर्दैछ । प्रवेश परीक्षामा उतिर्ण हुन एसएलसीको परीक्षा सकिए लगत्तै कतिपय विद्यार्थीले राम्रै तयारी गरेका होलान् । कतिपय भनसुन गराउने सोच पनि होला । प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै केही व्यक्तिहरुले विद्यार्थी र अभिभावकसंग पैसा समेत लिएको गुनासो समेत सीटीईभीटीमा आउने गर्दछ । सीटीइभीटीका परीक्षा नियन्त्रक ईश्वरी भट्टले प्रवेश परीक्षा उतिर्ण गराउन पैसा खुवाएर नहुने बताउँछन् । लोकसेवा आयोगले लिने परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने प्रविधिलाई सीटीईभीटीले अपनाएको हो ।

‘कसैलाई पैसा दिएर प्रवेश पररीक्षा पास हुने सपना नदेखेपनि हुन्छ,’ उनी भन्छन्, ‘जसले परीक्षामा राम्रो गरेको छ । उसको नाम निस्कन्छ ।’

सीटीइभीटीले प्रवेश परीक्षालाई निष्पक्ष बनाउन डिप्लोमा तहको सबै कार्यक्रमको उत्तरपुस्तिका कम्प्यूटराईज प्रणालीबाट परीक्षण गर्ने भएको छ । बिगतमा नर्सिङ बिषयको मात्रै कम्प्यूटराई हुन्थ्यो । देशभरीको परीक्षा केन्द्रमा परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयमा ल्याउँछन् ।

एक सय पूर्णाङ्क मध्ये एसएलसीमा अंग्रेजी, विज्ञान र गणितमा ‘सी’ ल्याउने विद्यार्थीले ४० नम्बर स्वत ः पाउनेछ । यो स्वास्थ्य तर्फको हो । त्यस्तै अन्य समूहमा सीटीईभीटीले तोकेको भर्ना मापदण्ड पुरा गर्ने विद्यार्थीको पनि ४० नम्बर स्वतः प्राप्त गर्छन् । बाँकी ६० नम्बरको प्रवेश परीक्षा दिनु पर्ने हुन्छ । यसअघि एक सय नम्बरकै परीक्षा लिने गरिन्थ्यो । ४० नम्बर आएपछि पास भएको मानिन्थ्यो । यसपाली ४० नम्बर सीटीईभीटीले तोकेको भर्ना आधार पुरा गर्ने बित्तिकै पाउँछन् । लिखित परीक्षा जसले बढी अंक ल्याउँछ, ऊ पढ्न योग्य मानिन्छ । ‘त्यसैले यसपाली प्रवेश परीक्षामा सहभागि हुने बित्तिकै सबै पास भएको मान्निछ,’ नियन्त्रक भट्ट भन्छन्, ‘पढ्न पाउने सम्भावना पनि उत्तिकै हुन्छ ।’ कुनै कलेजमा ४० जनाको सीट क्षमता छ भने प्रवेश परीक्षामा ३५ जनाले मात्रै सहभागि छन् भने फारम भरेर परीक्षामा सहभागि सबैले पढ्न पढ्न पाउँछन् । यसका लागि कसैलाई भनसुन र पैसा खुवाउनु पर्दैन । अर्को उदाहरण कृषि कलेजमा ४० जनाको सीट क्षमता छ तर, प्रवेश परीक्षामा ६० जना सहभागि भएभने ४० नम्बर भर्ना आधारमा पाइसकेका हुन्छन् भने लिखितबाट जसले बढी नम्बर ल्यायो, उसैलाई मेरिटको आधारमा भर्ना हुने अवसर पाउँछन् ।

सीटीइभीटीको प्रवेश परीक्षामा आर्थिक लेनदेनको आधारमा छान्ने बजारमा हरेक बर्ष हल्ला चल्छ । तर, सीटीईभीटीका पदाधिकारी यो स्वीकार गर्न तयार छैनन । प्रश्न छनौटदेखि उत्तरपुस्तिका परीक्षणसम्म गोपनियता अपनाउने गरेको नियन्त्रक भट्टको दाबी छ । प्रवेश परीक्षामा ६० वटा बस्तुगत प्रश्न सोध्ने गरिन्छ । त्यसका लागि सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले एउटा बिषयको चार जनाबाट एक सयको दरले प्रश्न बनाउन लगाइन्छ ।

‘एउटा बिषयको चार जनाबाट चार सय प्रश्न संकलन गरेपछि त्यसबाट २० वटा प्रश्न निकालिन्छ,’ भट्टले भने, ‘यो प्रश्न सिलबन्दी गरेर छपाईका लागि प्रश्नमा लैजान्छांै । प्रश्नपत्रको डिजाइन पनि प्रेसमै गर्छौैं ।’ छपाई सकाएर सुरक्षाकर्मी सहित हरेक जिल्लाको प्रहरी कार्यालयमा छाड्ने र परीक्षा दिनमा मात्रै केन्द्रमा लैजाने उनले बताए । ‘छपाईको बेला देखि परीक्षा नसकिदासम्म प्रश्नपत्र सुरक्षा निगरानीमा हुने भएकोले कसरी बाहिर थाहा हुन्छ ?’ उनले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिकाको सिट सिल गरेर सानोठिमी ल्याउछौ ।’

कसरी परीक्षण हुन्छ ?
विद्यार्थीले अन्य परीक्षा जस्तो सादा पेपर भन्दा फरक खालको उत्तरपुस्तिका पाएका हुन्छन् । प्रश्नपत्र हेरेर रातो रङको उत्तरपुस्तिमा कुन प्रश्नको उत्तर कुन हो ? गोलो लगाउनु पर्ने हुन्छ । उत्तरपुस्तिकामा दिईएका ४ वटा गोलो घेरा मध्ये सही उत्तर कुन हो त्यसमा कालो जेल पेनले गोलो भित्र पूर्ण रुपमा कालो हुने गरी ढाक्नु पर्नेछ । जस्तै कुनै प्रश्नको उत्तर चार वटा गोलो घेरा मध्ये बी हो भने यसरी ए ○ बी● सी○ डी ○ गोलो लगाउनु पर्ने हुन्छ । एक भन्दा बढी सम्भावित उत्तरमा चिन्ह लगाएमा वा उत्तरमा केरमेट गरेमा त्यस्ता उत्तरहरु स्वतः रद्द हुने नियम छ । प्रत्येक सही उत्तरको लागि एक नम्बर अंक प्राप्त हुन्छ ।

उत्तरपुस्तिकामा दुई वटा भाग छ । पहिलो भागमा विद्यार्थीको नाम, सिम्बल नम्बर र प्रवेश परीक्षाको फारम भरेको विद्यालयको कोड हुन्छ । सिम्बल नम्बर अक्षरमा पनि लेख्नु पर्ने हुन्छ ।

तल्लो भागमा कुन प्रश्नको उत्तर कुन हो ? त्यसमा गोलो लगाउनु पर्ने हुन्छ  । माथिल्लो र तल्लो भाग छुट्याउन बीचमा बारकोड राखेको छ । उत्तरपुस्तिका परीक्षण गर्नुअघि माथिल्लो र तल्लो भाग छुट्याइन्छ । माथिल्लो भागलाई पहिलो कम्प्यूटरमा स्क्यान गरिन्छ । त्यसपछि तल्लो भाग स्क्यानपछि हुन्छ । स्क्यान गर्नेले उक्त उत्तरपुस्तिका कसको हो ? भन्ने पत्ता लगाउन सक्दैनन् ।

सबै विद्यार्थीको तल्लो भाग स्क्यान सकाएपछि ‘एन्सर कि’ स्क्यान गरिन्छ । त्यसपछि कसको कति नम्बर आयो भन्ने हेरिन्छ । ‘सुरुमा कति बारकोट भएका विद्यार्थीले कति नम्बर प्राप्त ग¥यो भने निस्कन्छ,’ भट्टले भने, ‘मलाई पनि केही थाहा हँुदैन ।’ सफ्टवेयरले नै कुन विद्यार्थीको नम्बर कति भन्ने पत्ता लगाउने भएकोले बिगतमा जस्तो फेल भएकालाई पास गराउने सम्भावना न्यून रहेको सीटीइभीटीका एक पदाधिकारीले बताए ।

यो विधिबाट उत्तरपुस्तिका परीक्षण हुने कार्यक्रमहरु

प्रमाणपत्र तह नर्सिङ्ग, डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान),  डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान) ,  डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी,  डिप्लोमा इन फरेष्ट्री,  डिप्लोमा ईन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा ईन इलेक्ट्रिकल इन्जिनियरिङ्ग,  डिप्लोमा ईन इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग,  डिप्लोमा ईन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, डिप्लोमा ईन जिओमेटिक्स ईञ्जिनियरिङ्ग, डिप्लोमा ईन आर्कीटेक्चर ईञ्जिनियरिङ्ग, डिप्लोमा ईन मेकानिकल इन्जिनियरिङ्ग, डिप्लोमा ईन अटोमेकानिकल इन्जिनियरिङ्ग, डिप्लोमा ईन ईन्फरमेशन टेक्नोलोजी (आई.टी.), डिप्लोमा ईन कम्प्यूटर इन्जिनियरिङ्ग,  डिप्लामो इन होटल म्यानेजमेण्ट,  डिप्लोमा ईन फार्मेसी , प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, प्रमाणपत्र तह डेण्टल साइन्स (डेण्टल हाइजिन), प्रमाणपत्र तह डाइग्नोष्टिक रेडियोग्राफी, प्रमाणपत्र तह होमियोप्याथी, प्रमाणपत्र तह सामान्य आयुर्वेदिक चिकित्सा,  प्रमाणपत्र तह अप्थाल्मिक, प्रमाणपत्र तह अकुपञ्चर

 

प्रतिक्रिया