कलेजोबारे जान्नैपर्ने तथ्य, यस्तो भन्छन् डाक्टर
शिक्षाखबर डेस्क
२७ माघ २०७४, शनिबार
no immg

केही दिनअघि एउटा च्यारिटी सोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल २५ प्रतिशत कलेजोले बाँचिरहेको सार्वजनिक गरे । थाहा पाउँदा ७५ प्रतिशत कलेजो बिग्रिसकेको अवस्था रहेको र बाँकी २५ प्रतिशत जोगाएर आफू बाँचिरहेको उनले बताएका थिए । तर, के बिग्रिएको कलेजो जोगाउन सकिन्छ रु कलेजोबारे जान्नैपर्ने तथ्य :

प्रा.डा. अनिल मिश्र
कलेजो रोग विशेषज्ञ

-कलेजोमा समस्या देखिए जटिल अवस्थामा पुग्न नदिन समय–समयमा रक्तपरीक्षण गराइराख्नुपर्छ । कलेजोलाई हानि हुने औषधि प्रयोग गर्नुहुँदैन ।

-कलेजो यस्तो महत्वपूर्ण अंग हो, जसले खाएको खाना पचाएर शरीरमा पोषण दिन भूमिका खेल्छ । हाम्रो शरीरको २२ फिट लामो आन्द्राभित्र हुने सम्पूर्ण पाचन क्रिया मिलाउने काम कलेजोले नै गर्छ । कलेजो बिग्रियो भने कब्जियत तथा अपचको समस्या निम्तिन्छ ।

-शरीरमा जन्डिस देखिनु, हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविक तौल घट्दै जानुजस्ता लक्षण कलेजो बिग्रिएको संकेत हो ।

-कलेजो बिग्रिएसँगै पाचन क्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्नेरढुस्स हुने, ग्यास बन्ने समस्या देखिन थाल्छ । कहिलेकाहीँ भने लक्षण नै नदेखिन पनि सक्छ । रक्तपरीक्षण गरेर मात्रै कलेजोको अवस्था बुझ्न सकिन्छ ।-(कलेजोको प्रमुख शत्रु मद्यपान हो । अल्कोहलमा रक्सीको मात्रा पनि हुन्छ तर अत्यधिक अल्कोहल सेवनले कलेजोमा हानि पुर्‍याउँछ । कलेजोमा समस्या देखिइसकेको छ भनेचाहिँ अल्कोहल छुन पनि हुँदैन ।

-इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका प्राणघातक सरुवा रोग लाग्छन् । हेपाटाइटिस बी, सीजस्ता कलेजो बिगार्ने दीर्घरोग पनि इन्जेक्सनका माध्यमबाट सरेका हुन्छन् । अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशतले इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

-नेपालमा कलेजोमा समस्या लिएर आउनेहरू बढी मद्यपान गर्ने नै छन् । अल्कोहल सेवन गर्नेको कलेजो बिग्रिने सम्भावना ८० प्रतिशत हुन्छ । नियमित जाँडरक्सी खाँदै गयो भने रङ फेरिँदै अन्ततः ९० प्रतिशतसम्म कलेजो खराब हुन्छ । रक्सी खान छोडे सामान्य अवस्थामा फर्किन्छ र औषधिले
निको पार्छ ।

-कलेजो बिग्रिएपछि पनि रक्सी सेवन नछाडे फ्याब्रिक ९धागोको रेसाजस्तो कडा० हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट कलेजोलाई सही अवस्थामा फर्काउन गाह्रो हुन्छ । तर, केही समयका लागि रोकथाम भने गर्न सकिन्छ ।नयाँ पत्रिकाले छापेको छ ।

-कलेजो बिग्रिएको थाहा हुँदाहुँदै पनि रक्सी सेवन गर्दै गयो भने पूरै ड्यामेज अवस्थामा पुग्छ । यो अवस्थालाई सिरोसिस भनिन्छ । यो अवस्थामा पुगेपछि ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

-अत्यधिक मदिरा सेवन गर्नेबाहेक लागुऔषध दुव्र्यसनी, पौष्टिक खाना खान नपाएका व्यक्तिको कलेजो बिग्रिने गर्छ ।

-कतिपय अवस्थामा शरीरमा आइरनको उत्पादन ह्वात्तै बढ्यो भने पनि कलेजोमा समस्या निम्तिन्छ । शरीरमा धेरै आइरन उत्पादन हुनुलाई हेमोक्रोमाटोसिस भनिन्छ । त्यसो त आवश्यक हेमोग्लोबिन निर्माण गर्न शरीरलाई आइरन आवश्यक पर्छ तर धेरै भयो भने केलेजोका लागि फाइदाजनक हुँदैन । त्यसैले वेला–वेलामा शरीरमा आइरनको मात्रा जाँच गराइराख्नुपर्छ ।

-ओभरडोज औषधि पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हो । त्यसो त सबैखाले औषधिमा भन्दा पनि विशेष केही औषधिको हकमा यो लागू हुन्छ । दुखाइ र ज्वरो कम गर्ने कतिपय औषधि ओभरडोज भयो भने सीधै कलेजोमा असर गर्छ । अन्जानमै यसले कलेजो खाइदिन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै