भबिस्यको सुनुस्चिता खोज्दै ओएसिसका बिद्यार्थी पुगे बिराटनगर
शिक्षाखबर डेस्क
२३ चैत्र २०७४, शुक्रबार
no immg

बिराटनगर, चैत्र २३/ ओएसिसका बिद्यार्थीले १८ औ नर्सिङ लाइसेन्स परिक्षा दिन नपाएको र बिद्यार्थीहरु काठमाण्डौ मन्त्रालय, काउन्सिल र बिश्वबिद्यालय धाउन लाएको महिना दिन बित्न लागिसक्दा पनि आफ्नो माग सम्बोधनमा सरोकारवालाहरुले चासो नदेखाएपछी सो कलेजमा अध्ययनरत बिद्यार्थीहरु आज बिहान मात्र चितवनबाट नाइट गाडीमा पुर्बान्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यालय रहेको मोरङको बिराटनगर आइपुगेका हुन् ।


बिश्वबिद्यालयका उप-कुलपति घनश्यामलाल दास यस प्रकरणबारे गठित मन्त्रालयको छानबिन समितिको सम्पर्कमा नआएको र काउन्सिलको लाइसेन्स दिलाउने काम आफ्नो नभएको भनि गैर जिम्मेवारपूर्ण अभिब्यक्ति दिएको खबर शिक्षाखबरमा प्रकाशित भए संगै आफुहरुलाई तत्काल बिश्वबिध्यालयले आफ्नो आंगिक क्याम्पसमा अथवा अन्यत्र कोटा रिक्त रहेको काउन्सिलबाट परामर्श प्राप्त जुनसुकै कलेजमा स्थानान्त्रण सहित ब्यवास्तापन गरि आफ्नो भबिस्यको सुनिस्चितता गरिदिन माग गर्दै बिद्यार्थीहरु बिराटनगर आएका हुन ।


सो कलेजमा स्नातक नर्सिङ अध्ययनरत सबै ब्याचका प्रतिनिधि मुलक रुपमा ३८ जना बिद्यार्थीको टोलि बिराटनगर आइपुगेको हो । टोलि सदस्य एक बिद्यार्थी श्रिष्टि हमाल भन्छिन “त्यो कलेजलाइ खारेजी गर्न समय लाग्छ भनेपनि हाम्रो व्यवस्थापन बिश्वबिध्यालायले गरिदिन पर्यो त्यस्तो बदनाम कलेजको सर्टिफिकेट बोकेर लाइसेन्स नै पाएपनि जागिर खोज्न कुन चाहि अस्पताल जानु न त्यो कलेजकै अस्पताल गतिलो छ जागिर दिनलाई, त्यसैले हामि बिश्वबिद्यालयसम्म आइपुगेका हौ, त्यतिकै अर्की बिद्यार्थी प्रकृति थप्छिन कता कता धाउनु पर्ने हो खै कसैले अदालत जा भन्छन कसैले काउन्सिल त कोहि मन्त्रालय हामि पढौ कि अड्डा अदालत धाउ?? “
बिद्यार्थीका अभिभाबक दिपेन्द्र पण्डित भन्छन नानीको Bsc नर्सिङ चौथो वर्ष हो समय छैन कलेजको ताल यस्तो छ, खालि रहेको कलेजमा आफूखुसी सार्छु भनि ट्रान्सफर सर्टिफिकेट माग्दा पनि नपाएको दुखेसो शिक्षाखबर सम्बाददातासंग पोख्दै उनि थप्छन विद्यार्थीको ट्रान्सफर गरियोस अब त्यो कलेज भएपनि नभएपनि बिद्यार्थी त्यसमा पढ़दैनन ।

यो पनि अध्ययन गर्नुहोस
विश्वबिद्यालय उप-कुलपति भन्छन:- मेरो काम परिक्षा लिने हो,लाइसेन्स दिने होइन

प्रतिक्रिया