चितवन चैत्र २४/ आफ्नो भबिस्यको सुनिस्चितताको माग राख्दै पुर्बान्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यालय बिराटनगर पुगेका ओएसिस कलेजका नर्सिङ विद्यार्थीले ४ बुदे माग सहितको ज्ञापन पत्र बुझाउदै आफ्नो माग यथासक्यो चाडो पुरा नभए बिश्वबिद्यालय बिरुद्द चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
शुक्रबार बिहान केन्द्रीय कार्यालय बिराटनगर पुगेका विद्यार्थीले बदनाम कलेजमा अब कुनै हालतमा नपढ्ने जनाउदै अध्ययनरत बिध्यार्थिलाई बिश्वबिध्यालय मातहतको नर्सिङ परिषदबाट मान्यता प्राप्त कलेजमा स्थानान्तरण गरि अध्ययनको बातावरण मिलाउन ,पास भैसकेका बिध्यार्थिहरु तनुजा श्रेष्ठ र शोभा अर्याललाई आवश्यक निर्णय गरि परिक्षामा सामिल गराउन, सयौ विद्यार्थीको भबिस्य माथि खेलबाड गर्न उदृत कालेजलाइ तत्काल खारेज गर्न र यो प्रकरणका दोषी सबैलाइ तदारुकताका साथ छानबिन गरि कारबाही गरियोस भन्दै ४ बुदे माग सहित ज्ञापनपत्र बुझाएका थिए ।
शिक्षाखबर सम्बाददाताका अनुसार ज्ञापन पत्र बुझ्दै स्वास्थ्य संकायका डीन सिद्धार्थ कोइरालाले विद्यार्थीलाई थम्थमाउने प्रयास गर्दै हामि समस्या समाधानमा लागि छलफलमै रहेको र चाडै निर्णयमा पुग्ने भन्दै बिध्यार्थिलाई चितवन फर्किन आग्रह गर्नु भएको थियो तर विद्यार्थीले मिति सहित लिखित दिन भनेपछि छलफल मन्त्रालय पुगिसकेकोले आफुले मिति तोक्न नसक्ने भन्दै सबै सरोकारवालाहरु संग छलफल गरि यथासक्यो चाडो समस्या हाल गर्न पहल गर्ने लिखित प्रतिबद्दता सहित बिद्यार्थीलाइ फर्काएका छन् । बिद्यार्थी आज बिहान ६ बजे मात्र चितवन आइपुगेका छन् ।
त्यहा पुगेका बिद्यार्थी र बिश्वबिद्यालयबीच छलफल गर्न सहज बातावरण बनाउन, बिद्यार्थी व्यवस्थापन गर्न छानबिन समिति संयोजक रहनु भएकी सह डीन दिप्ती शुब्बा, सदस्य सुकेस यादब र बिश्वबिद्यालय समन्वय शाखा प्रमुख राजेश कुमार झाले भूमिका निर्बाह गर्नुभएको थियो ।
यो पनि अध्ययन गर्नुहोस