चितवन २६ चैत्र / पूर्व प्रधानमन्त्रि एवम् माओबादि केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख आतिथि , पूर्व स्वास्थ्य मन्त्रि गगन थापा बिशेष अतिथि रहेको भरतपुर अस्पतालको आइतबार आयोजित ५५ औँ वार्षिकोत्सव समारोहमा माओबादी केन्द्रका नेता बद्रि तिमिल्सिनाले सम्बोधन गर्दै नर्सिङ परिषदको सम्बन्धन नै नलिइ, बिद्यार्थीलाइ धोखामा राखी , गैरकानुनि रुपमा अध्यापन गराई सयौ बिद्यार्थीको भबिस्य अन्योल बनाउन उदृत रहेको ओएसिस मेडिकल कलेजलाइ तत्काल खारेज गर्न माग गर्नुभएको हो ।
ओएसिस मेडिकल कलेज भरतपुरले नेपाल नर्सिङ परिषदबाट स्नातकतह नर्सिङ कार्यक्रम संचालनका निमित्त अनुमति नलिएको जानकारी गराउदै सो कलेजको Bsc नर्सिङ पहिलो ब्याचलाइ परिषदले १८औ नर्सिङ लाइसेन्स परिक्षा दिनबाट वन्चित गराए पश्चात रास्ट्रिय स्तरमा पनि चासोको बिषय बनिसकेको यो प्रकरणको नेपाल नर्सिङ परिषद र पुर्बान्चल बिश्वबिद्यालयले आ-आफ्नो छानबिन समिति बनाएर अनुगमन र निरीक्षण गरि अलग अलग प्रतिबेदन शिक्षा मन्त्रालयमा पेश गरि सकेका छन् ।
फागुन २६ गते आजकै दिन नेपाल नर्सिंग परिषदको १८औ नर्सिङ लाइसेन्स परिक्षा संचालन भएको थियो । जुन परिक्षामा ओएसिस कलेजका बिद्यार्थी सामिल हुन बाट बन्चित भएका थिए सोहि सन्दर्भलाई ब्रेक गरि शिक्षाखबरले ‘मापदन्ड विपरित संचालनमा रहेको भन्दै ओएसीस मेडिकल कलेज चितवनका परिक्षार्थि परिक्षा दिन बाट बन्चित’ भन्ने शिर्षकको खबर प्रकासित गरेसंगै आज एक महिना बितिसक्दा पनि अहिलेसम्म बिद्यार्थीले नकुनै राहत नै महसुस गर्न सकेका छन् भने न रेगुलर बिद्यार्थीले पढ्न नै पाएका छन ।
कलेज तत्काल खारेज गरि अध्ययनरत बिध्यार्थिलाई पुर्बान्चलको आंगिक क्याम्पसमा अथवा पाइक पर्ने मान्यता प्राप्त जुनसुकै कलेजमा स्थानान्तरण र उत्तीर्ण भएर पनि लाइसेन्स परिक्षा दिन नपाएका बिद्यार्थीको पुन परिक्षा लिइ असारमा हुने काउन्सिलको १९ औ लाइसेन्स परिक्षामा सामिल हुन पाउने गरि व्यवस्था मिलाउने अथवा सोहि ओएसिस मेडिकल कलेजलाईनै नेपाल नर्सिङ काउन्सिलको परामर्श लिनको लागि समयसिमा सहित मौका दिने लगाएतका विभिन्न अड्कलबाजीहरु भइरहेका बेला ओएसिस कलेजको सन्दर्भमा सार्बजनिक कार्यक्रममा सार्बजनिक रुपमै यस्तो अभिब्यक्ति पहिलो पटक आएको हो । महिनादिन बितिसक्दा पनि कसैले कलेज र यस प्रकरणका बिषयमा सार्बजनिक रुपमा बोलेका थिएनन, शिक्षामन्त्रालयको नेतृत्व पनि गरिरहेको सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्डलाइ उनकै गृह जिल्लाको समस्या बारे अबगत गराई अबैध ओएसिस कलेज खारेजीको माग हुनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
यो पनि अध्ययन गर्नुहोस
मापदन्ड विपरित संचालनमा रहेको भन्दै ओएसीस मेडिकल कलेज चितवनका परिक्षार्थि परिक्षा दिन बाट बन्चित
ओएसिस मेडिकल कलेज पिडितहरुले गुहारे बिद्यार्थी संगठन