जनस्वास्थ्य र नेफा को चुनाब
शिक्षाखबर डेस्क
२९ श्रावण २०७५, मंगलवार
no immg

बासुदेव सापकोटा
हाल अध्ययनरत MPH / North South University Dhaka
जनस्वास्थ्य भन्नाले जनता को स्वास्थ्य को प्रबर्धन गर्ने , रोग को रोकथाम गर्ने, र जीबन लामो बनाउने कला या विज्ञान लाई बुझाउछ। अहिले नेपाल को परीबेशमा जनस्वास्थ्य शिक्षाले एकदम महत्वपूर्ण भुमिका खेलिरहेको छ। चाहे स्वास्थ्य प्रवर्द्धन होस् चाहे स्वास्थ्य रोकथाम होस चाहे जीबन लामो बनाउन होस समग्र नेपाल को स्वास्थ्य स्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ। नयाँ नसर्ने रोगहरु, सरुवा रोग माहामारी हुनुभन्द पहिलेनै कसरी लाग्नै नदिने, नयाँ नियन्त्रण पद्दतिको खोज अनुसन्धान गर्ने बिषय नै  जनस्वास्थ्य बिषय हो त्यसैले  जनस्वास्थ्य शिक्षा पढ्ने बिध्यार्थीहरुको को पनि आकर्षण बढिरहेको छ र अझ  बढने क्रममा छ ।

जनस्वास्थ्य कर्मिहरुको पेशागत क्षमता अभिबृद्धि गरि जनस्वास्थ्यकर्मिहरुको व्यावसायिकतामा जोड दिनुपर्ने मुल मर्म लिएर नेपाल जनस्वास्थ्य संघ (NEPHA) खोलिएको २८ औं बर्ष भैसकेको छ। यसको  स्थापना जनस्वास्थ्य संग आबद्ध जनस्वास्थ्य बिज्ञ् बाट भएको  हो। नेफा (NEPHA) जनस्वास्थ्य संघ अहिलेसम्म जनस्वास्थ्य को एउटा मात्रै पेशागत संगठन हो, देश संघीयतामा गइसक्यो, मुलुकभर ७४४ स्थानिय तह बनिसक्यो। ६  महानगरपालिका, ११  उप• म• न• पा•, २७६ नगरपालिका, गाउपालिका ४६०, जनस्वास्थ्य कर्मि हरुको स्थान कहाँ र के रहने भन्ने अहिले सम्म कुनै टुङो लागेको छैन जनस्वास्थ्य को आबश्यकता, चासो र चिन्ता लिनु पर्ने जनस्वास्थ्य लाई रास्ट्रको आवश्यकता महसुस गराउन पर्नेमा  NEPHA ले  नत निती नियम बनाउनमा उलेखनिय भूमिका खेलेको छ, नत जनस्वास्थ्य कर्मी को हक हितमा नै बोल्ने प्रयास गरेको छ, नत रोजगारी सृजनामा पहल कदमी नै चालेको छ । यहाँ धेरै बर्ष दुर्गम मा काम गरेका जनस्वास्थ्य कर्मिहरु आर्थिक अभाब र छात्रवृति नहुदा Higher Education लिन बाट बन्चित छन। बिगतमा जनस्वास्थ्य संघको जस्ले नेतृत्व गरेता पनि केही उल्लेखनीय र प्रसंशा योग्य काम हुन सकेको छैन कछुवा गतिमा हिंड्ने हो भने हामिले यसको विकल्प किन नखोज्ने भन्ने जस्तो मनसाय जनस्वास्थ्यकर्मी को मानसपटलमा छाउन थालेको देखिन्छ।

डा.गोबिन्द  K.C ले मेडिकल शिक्षा सम्बन्धी ऐन बनाउने आन्दोलन गरिरहदा NEPHA का पदाधिकारी हरु हात बानेर बसेका छन । हाल आएर यो NGO को ठेकेदारी संस्थाको रुपमा परिचित हुँदै अगाडि बडिरहेको छ । यसलाई भर्‍याङ बनाएर अगाडि बढ्ने जमातहरुले NEPHA को मूल्य, मान्यता र मर्म कुल्चिएका छन । जनस्वास्थ्य कर्मीको स्थान कसरी सुरक्षित गर्ने भन्ने बिसयमा NEPHA लाई चासो छैन। यो अवस्था सम्पुर्ण जनस्वास्थ्य कर्मिहरुको लागि निकै गम्भीर विषय हो। धेरै भन्दा धेरै जनस्वास्थ्य अध्ययन गरेका बिध्यार्थी बेरोजगार छन हरेक बर्ष हजारौं बिध्यार्थी पासआउट भएता पनि केही INGO , NGO र २-५ जना नेपाल सरकार संग आबद्द भएता पनि बाँकी को लागि रोजगारी सृजना गर्ने Environment छैन । सरकारी पर्याप्त कोटा नहुँदा लाखौं खर्च गरेर अध्ययन गरेता पनि रोजगारी सृजना नहुँदा हजारौं युबा बिदेशिन वाध्य छन जब उनिहरुको हक हीतको लागि लड्न पर्ने सस्था नै Dollar को खेती मा लागेपछी र कार्यकारी पद ओगट्नेहरु आफ्नो वृता जस्तै सम्झेर जनस्वास्थ्य कर्मिहरुको पेशागत हक हित आफ्नो खल्तिमा राख्न थालेपछी नेपाल मा आफ्नो भबिस्य नदेखि हजारौ युवा बिदेशिन थालेका हुन् ।
बिगतको जस्त्तै अहिले पनि नयाँ समिती गठनको लागि चुनाबी माहोल तातेको छ योग्य र सक्षा उम्मेदवारआफ्नो ठाउँबाट लागि परीरहेका छन, चुनाव नजिकिदै गर्दा जनस्वास्थ्य अध्ययन गर्ने बिध्यार्थी,जनस्वास्थ्य कर्मि, एबम पेशाकर्मी सबैको ध्यान आकषर्ण अहिले चुनाबि माहोलमा भैरहेको छ । बिगतको जस्तो नेतृत्व नपरोस र जनस्वास्थ्य लाई माथि उठाउन र हक अधिकार सुनिस्चित गर्नको लागि हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्दै जनस्वास्थ्यकर्मिहरु लागि परिरहेको देखिन्छ। बिगतको निर्वाचन मा धेरै पेशा कर्मी, बिध्यार्थी एबम जनस्वास्थ्य कर्मी छुटेता पनि अहिले यस्तो नहोस भन्नेतिर ध्यान गएको  देखिन्छ । चुनाव यही भाद्र ३० गते हुँदै छ, अहिलेको चुनावको नतिजाले उर्जाशिल नेतृत्व पाउनेमा सबै आशावादी रहेका छन। अबको नेतृत्व ले निम्नलिखित काम गरून् भन्ने सबैको आशा रहेको छ।

१) जनस्वास्थ्य संग आबद्द सम्पुर्ण पेसाकर्मी / विद्यार्थी र जनस्वास्थ्य कर्मी को भेला गरि नया कार्य समिति गठन गर्ने।
२) सातै प्रदेशमा जनस्वास्थ्य सुचना केन्द्रहरु स्थापना गर्ने ।
३) हरेक वर्ष जनस्वास्थ्यकर्मिहरुको राष्ट्रीय तथा अन्तरास्ट्रीय भेला, सम्मेलन गर्ने ।
४) आफ्नै journal नियमित प्रकाशन गर्ने ।
५) पेशामा नवप्रवेशी जनस्वास्थ्यकर्मीहरुको capacity build up गर्न विभिन्न क्षमता बिकास हुने कार्यक्रमहरु नियमित आयोजना गर्ने ।
६) सातै प्रदेशमा नियमित जनस्वास्थ्य शिक्षा, जनस्वास्थ्य कर्मि को नियमित बैठक नियमित संचालन गर्ने ।
७) स्थानिय सरकार देखि संघसम्म जनस्वास्थ्य सरोकारका विषयहरुमा बिषय बिज्ञ परिचालन गर्न जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समुह गठन गर्ने र सरकारलाई प्राविधिक सहयोग गर्ने ।
८) नब प्रबेशी हरुलाई अनुभव का लागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा Paid internship को व्यवस्था गर्न प्रोजेक्टहरु ल्याउने, अनुभब का लागि Volunteering गर्नुपर्ने बाध्यता हटाउने ।
९) अरु देशका जनस्वास्थ्यका पेशागत संघहरु सँग MoU गरी Professional Exchange Program, Fellowship, Studentship, छात्रवृत्ति हरु ल्याउने ।
१०) जनस्वास्थ्य शिक्षा तथा व्यवसायीहरुको पेशालाई थप राम्रो, प्रभावकारी वनाउन काम गर्ने सरकारी निकाय; जनस्वास्थ्य परिषद वा त्यस्तै वलियो संयन्त्र स्थापना गर्न पहल गर्ने।
११) हरेक जिल्ला मा नया जिल्ला कार्यसमिति गठन गरि बिपद ब्वस्थापन, माहमारि नियन्त्रण मा महा/नगरपालिका एबम गाउँपालिका लाइ सहयोग गर्ने।
१२)आफ्नो छुट्टै मोबाइल एप्लिकेसन बनाई स्वास्थ्य सम्बन्धि जानकारी नियमित जनता समक्ष पुर्याउने ।
१३) आफ्नो छुट्टै ब्लग वा वेबसाईट बनाई जनस्वास्थ्य सम्बन्धि लेखहरु,रिक्त दरबन्दी लगायत सम्पुर्ण जानकारी राखने।
१४) स्वस्थ्य सम्बन्धि नीति नियम हरु तर्जुमा लागि माहा/नगरपालिका एबम गाउँपालिका लाइ प्राबिधिक सहयोग गर्ने।
१५) जनस्वास्थ्य पेशालाई अज मर्यादित बनाउनको लागि जनस्वास्थ्य कर्मि एबम बिध्यार्थी को हक हितमा लडिरहने।
१६) MPH/ BPH को पढाई नेपालमै सर्बसुलभ  र सहज तरिकाले गर्ने बातावरण सृजनाको लागि सहयोग गर्ने।
१७) MPH/ BPH मा भैरहेको ब्यापारीकरण र शुल्क को अनियमितता र रोजगारि सृजना बिषय मा बुलन्द आवज उठाउने ।
१८) MPH/ BPH पढाई हुने क्याम्पसमा भौतिक पुर्बाधार को कमि पर्याप्त lab को ब्यवस्था नहुनुलाइ एकरुपता  कायम गर्नमा सहयोग गर्ने ।
१९) देश बाहिर MPH अध्ययन गरेका बिध्यार्थीहरुलाइ credit hour/ बैज्ञानिक नियम को आधारमा equivalent प्रदान गर्नमा सहयोग गर्ने।
२०) दुर्गममा केहि समय काम गरेका स्वास्थ्यकर्मी हरु लाई छात्रवृति मा अध्ययन को ब्यवस्था गर्ने ।
२१) चुनावका वेला मतदाता कता छन भनेर आँफै पैसा तिरेर मतदाता किन्नु पर्ने वाध्यतालाई अन्त्य गर्दै सम्पुर्ण जनस्वास्थ्य व्यवसायीहरुको मन जित्ने अनि Graduates हरु आँफै नेफा कता छ ? म पनि सदस्य वन्छु भनेर सवैले भन्ने दिन आउने ब्यवस्था गर्ने।
२२) विभिन्न स्वास्थ सम्बन्धि अनुसन्धान गरि, महमारी नियन्त्रणमा सरकारलाई सहयोग गर्ने।

नेफा को चुनाव बाट उच्च नेतृत्व पैदा होस हरेक नेपाली को स्वस्थ रहन पाउने अधिकार सुनिस्चित होस, हाम्रो र पार्टीगत भन्दा पनि राम्रो नेतृत्व छान्न सबैलाई प्रेरणा मिलोस, माथी उल्लेखित तथा अन्य थुप्रै गतिविधीहरु संचालन गर्ने सक्ने सबै भन्दा राम्रो , उत्कृष्ट र् नमुना पब्लिक हेल्थ संघ बनोस नेफाको जन्म होस !
चुनावको लागि शुभकामना !!
जय जनस्वास्थ्य
नोट:Referencehttp://1)Sagun Paudel | Facebook: हाम्लाई यस्तो नेपाल जनस्वास्थ्य संघको खाँचो छ (2018). Retrieved from https://www.facebook.com/sagun.paudel/posts/2078250988873941 2)Binod Pokhrel | Trishuli Times: जनस्वास्थ्य कर्मी(Public Health Professionals)को स्थान कसरी सुरक्षित गर्ने? (2017). Retrieved from http://trishulitimes.com/2017/03/20/1273

प्रतिक्रिया