एक लाख रुपैयाँ रकममा बंगलामुखी मा.बि.का प्रधानाध्यापक हटाउन खोजेको खुलासा
शिक्षाखबर डेस्क
३ मंसिर २०७५, सोमबार
no immg

बंगलामुखी माध्यमिक बिद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापालाई हटाउन विद्यालय ब्यवस्थापन समितिका केही ब्यक्तिहरुले समितिकै एक सदस्यलाइ एक लाख रुपैयाँ रकम अफर गरेको खुलासा भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य केशव यादवलाई एक लाख रुपैयाँ अफर गरेको उनले बताए । उनले भने, केही ब्यक्तिले मलाइ एक लाख रुपैयाँ लैजाऊ, थापालाई हटाउन प¥यो । यादवले हाम्रो अनलाइनलाई भने म पैसामा बिक्ने मान्छे होइन, बिद्यालयमा फोहोरी राजनिति गर्न दिन्न ।

उनले थपे, बंगलामुखी मा.बि. जिल्लाकै उत्कृष्ट विद्यालय हो । १२ सय भन्दा बढि विद्यार्थी छन । म उनीहरुको भविष्यमाथी खेलवाड हुन दिन्न ।
विद्यालय स्रोतका अनुसार पैसाको चलखेलमा दुई जना शिक्षक र विद्यालय ब्यवस्थापन समितिकाका केही ब्यक्तिहरु भएको जानकारी दिएको छ ।

प्र.अ. हटाउन सोही विद्यालयका शिक्षक दान बहादुर चन्द र यादव रेग्मी लागी परेको सो विद्यालयका एक शिक्षकले नाम नखुलाउने शर्तमा बताएका छन ।

गैह्र अभिभावकद्धारा गुलरियाको बंगलामुखी बिद्यालयमा फोहोरी राजनिति शुरु http://shikshyakhabar.com/2018/11/18/3977

प्रतिक्रिया