एउटै ब्याचबाट २ करोडको भर्पाइ गर्ने तयारीमा नेपाल पोलिटेक्निक इन्स्टिच्युट
शिक्षाखबर डेस्क
१० फाल्गुन २०७५, शुक्रबार
no immg

चितवन / नेपाल पशु चिकित्सा परिषदको न्यूनतम मापदण्ड नपुगेर पशु चिकित्सा स्नातक कोर्ष  (Bvsc and Ah ) को समयमा भर्ना गर्न नपाएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले शैक्षिक सत्र २०७५/७६ का लागि हाल भर्ना आहवान गरि अघिल्लो शैक्षिक सत्रको शुल्क भन्दा ४,५०,००० प्रति बिद्यार्थी बढी शुल्क अशुल गरि एउटै शैक्षिक सत्रका बिद्यार्थी बाट करिब २ करोड मापदण्ड सुधार खर्च भर्पाइ गराउने तयारिमा  कलेज प्रसासन छ ।

१० सेमेस्टर (५ वर्ष) अध्यापन हुने पशु चिकित्सा स्नातक कोर्षको नवौ ब्याचको भर्ना संचालन गरिरहेको सो कलेजले हालसम्मका आठै ब्याचसम्म नेपाल पशु चिकित्सा परिषदको न्यूनतम मापदण्डनै नपुर्याई प्रत्यक वर्ष  शुल्क बृद्दी गर्दै भर्ना गरि अध्यापन गराउदै आएकोमा यस शैक्षिक सत्रको भने परिषदले कडाइ पुर्बक भर्ना रोक्न लगाएको थियो ।

शैक्षिक सत्र २०७१/७२ 

भर्ना = ७५,०००/-

शुल्क प्रत्यक सेमेस्टर = ८०,००० (१० * ८५,००००=८,००,०००/-)

जम्मा =८,७५,०००/- 

शैक्षिक सत्र २०७२/७३ 

भर्ना = १,२५,०००/-

शुल्क प्रत्यक सेमेस्टर = ८०,००० (१० * ८०,००००=८,००,०००/-)

जम्मा =९,२५,०००/- 

शैक्षिक सत्र २०७३/७४

भर्ना = १,३५,०००/-

शुल्क प्रत्यक सेमेस्टर = ८५,००० (१० * ८५,००००=८,५०,०००/-)

जम्मा =९,८५,०००/- 

शैक्षिक सत्र २०७४/७५

भर्ना = १,६५,०००/-

शुल्क प्रत्यक सेमेस्टर = ९०,०००/- (१० * ९०,००००=९,००,०००/-)

जम्मा =१०,६५,०००/- 

शैक्षिक सत्र २०७५ /७६  

भर्ना = १,६५,०००/-

शुल्क प्रत्यक सेमेस्टर = १,३५ ,०००/- (१० * १,३५,००००= १३,५०,०००/-)

जम्मा =१५,१५,००० /- 

एक ब्याचमा ४८ जनाको सिट संख्या रहेको सो पशु चिकित्सा स्नातक कोर्ष  (Bvsc and Ah ) मा १० % छात्रवृत्ति कायम गर्दा ४३ जनाबाट पूर्ण शुल्क लिने सो कलेजले अघिल्लो शैक्षिक सत्रमा ८०,०००/- प्रती बिद्यार्थी शुल्क बृद्दी गरेको थियो, हालको त्यो आकडा भन्दा करिब ६ गुणा शैक्षिक सत्र २०७५ / ७६ मा शुल्क बृद्दी गरेको छ जसको हिसाब ४,५०,००० प्रति बिद्यार्थी बढी शुल्क असुलेको हुन आउछ सो अनुसार (४३ * ४,५०,००० ) १,९३,५०,००० /- (एक करोड तिरानब्बे लाख पचास हजार मात्र)  हुन्छ । एकै पटक ४२% शुल्क बृद्दी गरेको पाइएपछि कलेजमा क्रियाशील संगठनहरु आन्दोलित भैरहेका छन् ।

यस शैक्षिक सत्रको भर्ना प्रक्रिया रोकिए पश्चात नेपाल पशु चिकित्सा परिषदको न्युनतम मापदण्ड पुरा गर्न सो कलेजले हामीलाई उपलब्ध गराएकै तथ्यांकलाइ आधार मान्दा पनि आठ करोडको भेटेरिनरी टिचिंग कम्प्लेक्स (भवन) सहित दश करोड चार लाख सैतिस हजार (१०,०४,३७,०००) मध्य मौजुदा बाहेक १,४०,००,०००/- (एक करोड चालिस लाख)  बराबरको Alisa,PCR मेशिन लगाएतका विभिन्न शिर्षकमा प्रयोगशाला सामाग्री खरिद गरेको पाइन्छ ।

शिक्षाखबर फलोअप

https://shikshyakhabar.com/2019/02/21/4734

प्रतिक्रिया