काठमाण्डौ / हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकास्ट ) मा संचालित स्नातक कार्यक्रम अन्तर्गत पशु चिकित्सा (BVSc & AH) संकायको १८ औ ब्याच मा चर्को शुल्क वृद्धि भएपछी आन्दोलित बिद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
फाल्गुन ७ गतेको ध्यानाकर्षण पत्र र फाल्गुन ११ गतेको बिज्ञप्तिलाई लत्याइ बिद्यार्थी आन्दोलन लाई सामान्य रुपमा लिदै चर्को शुल्क वृद्धिबाट शिक्षा माथि व्यवसायिकता गर्न खोजेको साथै पुर्व सहमतिहरुको पालना नगरी कलेज प्रशासनले शोषणको नीति लिएको भन्दै मंगलबार नेकपा निकट बिद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्दै संयुक्त रुपमा बिज्ञप्ति निकालेका छन्।
अत्याधिक शुल्क वृद्धि गरेको र त्यसको कारण स्पष्ट पार्न कलेज प्रशासनले नसकेको अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष नबिन पन्थी ले बताउनु भएको छ । यसरि अबैज्ञानिक तरिकाको शुल्क वृद्धि गरि क्याम्पसले पूर्ण रुपमा गैर जिम्मेवार र व्यवसायिक प्रबृत्ति देखाएको पन्थी को ठम्याई रहेको छ ।
अबैज्ञानिक, अस्वाभाविक तथा असान्दर्भिक शुल्क वृद्धि खारेज नभएसम्म कार्यकारी अध्यक्षको कार्यकक्ष मा तालाबन्दी गरिने तर क्याम्पसका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा वाधा नपुर्याई आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्ने क्रान्तिकारी का क्याम्पस कमिटि अध्यक्ष चन्द्र प्रकाश कार्कीको अभिव्यक्ति रहेको छ ।
उक्त बिषयमा नै शनिबार बैद्य निकट अखिल क्रान्तिकारीले पनि पठनपाठन अवरुद्ध नहुने गरि कार्यकारी अध्यक्षको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको छ । आफ्नो आन्दोलन शान्तिपूर्ण रहने तर आन्दोलनलाई बेवास्ता गरेमा आफुहरु थप आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने उक्त संगठनका सह-सचिव मनसुन केसीले जानकारी दिनुभएको छ ।
शिक्षाखवर फलोअप
हिकास्ट कलेज काठमाण्डौमा चर्को शुल्क वृद्धि पछी बिद्यार्थी संगठनहरु आन्दोलित