२७ साउन, काठमाडाैँ । प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी) अन्तर्गत पिसिएल नर्सिङमा भर्ना खुलेको छ। सिटिइभिटीले शुक्रबार एक सुचना जारि गर्दै भर्ना खुलेको जानकारी गराएको हो।
सिटिइभिटीको उक्त सुचना अनुसार ९१ जनाले नि:शुल्क नर्सिङ पढ्न पाउने भएका छन्। एसइइमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजीमा कम्तीमा C ग्रेड ल्याइ GPA कम्तीमा २.० ल्याउनेले मात्र पिसिएल नर्सिङ पढ्न मिल्ने जानकारी दिइएको छ।
सिटिइभिटीले भदाै ९ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ। इच्छुक व्यक्तिहरूले अनलाइनबाट नै फाराम भर्न र परीक्ष शुल्क तिर्न सकिनेछ।