ताैल घटाउन उपयाेगी पास्ता
शिक्षाखबर डेस्क
७ बैशाख २०७५, शुक्रबार
no immg

काठमाडाैं । ७ बैशाख – तौल घटाउनु अहिलेका मानिसहरूले चाहेकाे तर धेरै गाह्राे काम भएकाे छ । जाे मानिसहरू दुब्लाउन हर सम्भव प्रयास गरिरहेका हुन्छन् अक्सर तिनीहरू नै दिन प्रतिदिन माेटाउँदै गर्इरहेकाे हामीले देखिरहेका छाैँ ।  लागि मानिसहरुले सकेसम्मका सबै उपाय अपनाइरहेका हुन्छन्, तर पनि तौल घट्ने कुनै सम्भावना देखिदैन ।  यदि तपाईलाई पास्ता मन पर्छ भने झन् यो खबरले तपाईलाई खुसी दिलाउन सक्छ । एउटा नयाँ शोधमा खुलासा भएको पास्ताले तौल घटाउनमा मद्दत गर्ने गर्दछ भन्ने तथ्य बाहिर निस्किएकाे छ ।

हरेक सात दिनमा तीनपटक पास्ता खानाले १२ हप्तामा आधा किलो तौल घट्नेछ भन्ने एउटा अनाैठाे तथ्य बजारमा अाएकाे छ । अनुसन्धानकर्ताका अनुसार अन्य कार्बाेहाइट्रेड  खानाकाे  तुलनामा पास्तामा कम मात्रामा जीआई इन्डेक्स अर्थात् ब्लड सूगर लेभल पाइने गर्दछ । जसले गर्दा तौल बढ्दैन ।

पहिलेकाे एउटा शोधमा पनि पास्ता खानाले भोक कम लाग्ने तथ्य बाहिर अाएकाे  थियो । टोरेन्टोको सेन्ट माइकल अस्पतालका डाक्टर जोन सेभेनवाइपरका अनुसार, हामी विश्वासका साथ भन्न सक्छौँ कि, सही मात्रामा पास्ताको सेवन गर्नाले तौल बढ्दैन । तर यसका लागि अझै अनुसन्धान गर्न जरुरी रहेको छ ।

अनुसन्धानकर्ताहरुले २ हजार ४४४ मानिसहरुमा पास्ता खानाले पर्ने प्रभावको बारेमा अनुसन्धान गरेका थिए । उनीहरुलाई हप्तामा ३ पटक पास्ता खानका लागि भनिएको थियो । यो अनुसन्धान बीएमजे जर्नलमा छापेकाे  थियो ।

प्रतिक्रिया