भरतपुर १७ साउन l मेडिकल सिटीको रुपमा बिकसित हुदै गरेको भरतपुरमा एक पछि अर्को गर्दै मानव स्वास्थ्य सम्बन्धि अत्याधुनिक उपकरण र औजारहरु भित्रने क्रम जारि छ l यसै क्रममा आज मात्रै बिरामीको चापलाई मध्यनजनर गर्दै भरतपुर एयरपोर्ट गेट अगाडी रहेको भरतपुर सेन्ट्रल हस्पिटलमा अत्याधुनिक भेन्टिलेटर मेसिन जडान गरिएको छ l अब अस्पतालमा उक्त मेसिनको संख्या २ पुगेको अस्पतालका कार्यकारी निर्देशक शोभाखर घिमिरेले जानकारी दिएका छन l ५५ सैया वेड क्षमता रहेको यस अस्पतालमा २४ सै घण्टा डाक्टर सहितको आकस्मिक सेवा ,अत्याधुनिक सुबिधा सम्पन्न सघन उपचार कक्ष (ICU ) र क्यान्सर एबम जनरल सेवा प्रदान गर्दै आइरहेको छ l