खाने तेललाई पटक–पटक तताउँदा स्वास्थ्यको लागि हानिकारक
शिक्षाखबर डेस्क
२७ माघ २०७४, शनिबार
no immg

एजेन्सी । बजारबाट राम्रै तेल खरिद गरेर भान्सामा ल्याएपनि भान्सामा गलत तरिकाले प्रयोग भइरहेका हुन्छन्। खुला मुख भएको भाँडोमा राख्दा भान्सामै तेल अस्वस्थकर हुन सक्छ । खाने तेल जहिले पनि साँघुरो मुख भएको भाँडोमा राख्नुपर्छ ।

खुला मुख भएको भाँडोमा राख्दा अक्सिजन धेरै छिर्न पाउँछ । तेलमा अक्सिजन मिसिनु भनेको पानीको मात्रा पर्नु हो । यो अवस्थामा तेल चाँडै बिग्रिन्छ ।
तेल फ्याटी एसिड भएकाले अक्सिजन र पानीको रियाक्सन हुँदा फ्री फ्याटी एसिड बन्छ । साना (याडिकलहरू तयार हुन्छन् र रियाक्टिभ भएर स्वास्थ्यमा असर गर्छ । लामो समयसम्म एउटै भाँडोमा राख्दा पनि तेल बिग्रिन्छ । तेल राख्ने भाँडो बदल्ने तथा वेला–वेला सफा गर्नुपर्छ ।

एकपटक प्रयोग गरिसकेको तेल तत्काल अर्को परिकारमा प्रयोग गर्न सकिन्छ । तर, उही तेललाई पटक–पटक तताउँदै र सेलाउँदै प्रयोग गर्दा हानिकारक हुन्छ । यस्तो तेल अर्को ताजा तेलमा मिसाउनु पनि हानिकारक हुन्छ ।

प्रतिक्रिया