चितवनमा खेलकुदको माध्यमबाट संम्झना गरिदै , स्व प्रकाश दाहाललाई
शिक्षाखबर डेस्क
२८ माघ २०७४, आईतवार
no immg

२८ माघ , चितवन ÷ सधै व्यस्त रहने चितवन बजार आज पनि सधैको दिनचर्या व्यस्तै तर आजको व्यस्तता अलि फरक थियो ।

प्रसंग हो चितवनमा चौथो मुवा थाई तथा बृहत तेक्वान्दो प्रतियोगीता २०७४ को, राष्ट्रका लागी खेलकुद, स्वाथ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ चितवनमा आज देखि सो प्रतियोगीताको उदघाटन गर्न पुग्नु भएका नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफना छोरा लाइ सम्झदै खेलकुद युवाका लागी पहिलो अनुसासन सिक्ने पाठसाला भएको बताउनु भयो ।

त्यसो आफनै गृह जिल्ला भएका प्रचन्डका लागी चितवन नौलो होइन । तर आजको दिन अलि फरक थियो ,नेपाल राष्ट्रिय मुवा“ संघ र अल मार्शल आर्ट ऐकेडेमिको आयोजनामा भोली सम्म सचालन हुने प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगीताको उटघाटन गर्न पुग्नु भएका प्रचन्डले मनमा पुत्र वियोगको पिडा लाइ लुकाउदै मन्द मुस्कानका साथ आज नेपालले खेलकुद क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गर्दै आगामि दिनमा सरकारले खेलकुद क्ष्ँेत्रलाइ विशेष ध्यान दिने बताउनु भयो ।

चितवन प्रचन्डका लागी नौलो होइन तर चितवन वासीले गरेको सहयोग अनि सम्मानलाइ पनि नजिक बाट नियालिरहनु भएका प्रचन्डले यो एउटा अभ्यास मात्रै भएको बताउदै आगामि दिनमा चितवनको विकासका लागी सधै युवा वर्गको प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिनु भयो ।

प्रतिक्रिया