उच्च रक्तचापका लक्षण र गम्भीर असरहरु
शिक्षाखबर डेस्क
२९ माघ २०७४, सोमबार
no immg

मुटुबाट रक्तसञ्चार हुने बेलामा निरन्तर रुपमा परिरहने रगतको चापलाई रक्तचाप (Blood pressure) भनिन्छ । रक्तचापलाई मिलिमिटर अफ मर्करी (mm of Hg) मा नापिन्छ । जसमा माथिको रक्तचापलाई सिस्टोलिक प्रेशर (Systolic pressure) र तलको रक्तचापलाई डायस्टोलिक (Diastolic pressure)  प्रेशर भनिन्छ । मानव शरीरका लागि सिस्टोलिक र डायस्टोलिक दुवै रक्तचाप अत्यन्तै महत्वपुर्ण हुन्छ । उच्च रक्तचाप भन्नाले १४० / ९० वा सो भन्दा बढि रहेको स्थिीतीलाई जनाउँछ ।

उच्च रक्तचापका लक्षणहरु
रिगटा लाग्ने
टाउको दुख्ने
नाकबाट रगत बग्ने
आँखा धमिलो हुने
छाती दुख्ने

उच्च रक्तचाप बढाउने कारणहरु
धुम्रपानको सेवन
मोटोपना
शारीरीक कसरतको कमि
मदीराको सेवन
अत्याधिक नुनको प्रयोग
मानसिक र शारीरीक तनाबले

उच्च रक्तचापले कसलाई बढि जोखिम हुन्छ ?
जुन सुकै उमेरका व्यक्ति
बढि शारीरीक तैल भएका व्यक्ति
धुम्रपान तथा मद्यपान गर्ने व्यक्ति
अत्याधिक मात्रामा नुन सेवन गर्ने व्यक्ति
उच्च रक्तचापबाट ग्रसित व्यक्तिको सन्तान
मानसिक र शारिरीक तनावमा भएका व्यक्ति
गर्भवती महिलाहरु
परिवार नियोजनको चक्की प्रयोग गरिरहेका महिलाहरु
मधुमेह, मृगौलाका बिरामीहरु

उच्च रक्तचापले असर गर्ने शरीरका महत्वपुर्ण अङ्गहरु
मस्तिष्क(Brain)
आँखा (Eye)
रक्तनली (Blood vessel)
मुटु (Heart)
मृगौला (Kidney)

उच्च रक्तचापको समयमै उपचार नगरे हुने गम्भीर असरहरु
पक्षघात
दृष्टिघात
हुदयघात
मृगौलाले काम नगर्ने

प्रतिक्रिया