• मुख्यखबर

    अस्पतालको शौचालयबाट हामफाल्दा एकजनाको मृत्यु

    शिक्षाखबर संवाददाता

    २१ फाल्गुन २०७४, सोमबार

    चितवनको भरतपुर अस्पतालको शौचालयबाट हामफाल्दा एकजनाको मृत्यु भएको छ । बिरामी भएर भरतपुर अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका २४ बस्ने बर्ष ५२ का धनराज सुब्बाको आज अस्पतालको तिन तला माथीको शौचालयबाट हाम फाल्दा मृत्यु भएको हो ।

    तीन तलामाथी रहेको मेडिकल वार्डमा भर्ना भएर उपचार गराइरहेका सुब्बा सोहि तलामा रहेको शौचालयको झ्यालबाट आज बेलुका हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । फागुन १८ गते अस्पताल भर्ना भएका सुब्बा मदिराको लत लागेको व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

    मदिरा सेवनको कारणले उनको अग्न्याशय {प्यांक्रियाज } सुन्नेको अस्पताल स्रोतले जनाएको छ ।अस्पतालमा भर्ना भएयता मदिरा पिउन नपाएकोले तलतल भएको कारणले उनले झ्यालबाट हामफालेको हुनसक्ने अस्पतालका सुचना अधिकारी गोपाल पौडेलले बताए ।