अलैँची विकास बोर्ड गठन हुने
शिक्षाखबर डेस्क
९ चैत्र २०७४, शुक्रबार
no immg

काठमाडौँ, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अलैँची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैँची विकास बोर्ड स्थापना गर्ने बताउनुभएको छ ।

अलैँचीको विकासका लागि स्वायत्त निकाय स्थापनाका सम्बन्धमा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “अलँैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लगेर चाँडै नै बोर्ड स्थापना गराउँछु ।”

मन्त्री खनालले अलैँची खेतीका लागि उपयुक्त जमिनको पहिचान गरी यसलाई राष्ट्रियरुपमा फैलाउनुपर्ने बताउँदै “अलैँची खेतीको गुणात्मक उत्पादन बढाउनका लागि सरकार सहयोग गर्न तयार छ”, भन्नुभयो ।

“नेपालमा ठोस नीति नभएका कारण कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ भन्ने थाहा छैन, अब नीति बनाएर खेतीको निश्चित ठाउँ तोकिनेछ,” उहाँले भन्नुभयो – “उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि आवश्यके उपाय अपनाउने छ ।”

प्रतिक्रिया