रु. २५ मा बिरामीको स्वास्थ परिक्षण
शिक्षाखबर डेस्क
१० चैत्र २०७४, शनिबार
no immg
भरतपुर १o चैत्र । भरतपुर सेन्ट्रल हस्पिटलले आज मात्र रु. २५ मा बिरामीको स्वास्थ परिक्षण गरेको छ , र  एसै गरि प्रतेक महिनाको दोश्रो शनिबार पनि रु. २५ मै स्वास्थ परिक्षण शिबिर संचालन गर्ने भएको छ । भरतपुर हस्पिटलका  फिजिसियन डा. कल्याण सापकोटाले बिहान  ९ देखि ११ बजे सम्म  बिरामिको स्वास्थ परिक्षण गरेका थिए । सो अबसरमा  ८९ जना बिरामीले स्वास्थ सेवा लिएको शिबिरका ब्यबस्थापक गौरी शंकर बगालेले शिक्षा खबरलाई  जानकारी दिए । एसै गरि बगालेले सुगर टेस्ट नि:शुल्क गरिएको, थाइराइड टेस्टमा ५० प्रतिशत र अन्य परिक्षणमा २५ प्रतिशत  छुट गरिएको पनि बताए । बिरामी परिक्षणको क्रममा डा. कल्याण सापकोटाले स्वास्थ प्रती सबै गम्भीर र सचेत हुनु पर्ने बताउदै प्रतेक ब्याक्तीले हरेक ६/६ महिनामा स्वास्थ परिक्षण गराइ आफू पनि निरोगी बन्न र परिवार अनि छर छिमेकी पनि निरोगी रहन सुझाव दिएक थिए  ।
प्रतिक्रिया