कपिलवस्तु, नेपाल मा कृषि लाई उच्च स्थान मा राखिएको छ तर कृषक लाई तुच्छ स्थान मा । चुनावी माहोल मा कृषि मा आमूल परिवर्तन ल्याउछु र कृषि मा ठुलो लगानी र अनुदान को ब्यवस्था मिलाउछु नभनेका नेता एकै जना पनि छैनन। यस्तो अभिव्यक्ति नै नेताहरुको लागि चुनाव जित्ने प्रमुख आधार हो । यस्तो नारा लिएर सत्ता को भत्ता खाने ठाउँमा पुगेका कुनै पनि माननीय र मन्त्रीहरुलाई यो प्रश्न गर्न चाहान्छौ कि तपाईं को बोली के किसान लाई झुक्याउनको लागि मात्र थियो त? आखिर तपाईं ले खाने अन्न पानी किसान को उब्जनी त हो र उनिहरुले उत्पादन गर्न छाडि तपाइँहरुलाई झुक्याए भने त्यस्को असर कस्तो होला त? जब बिध्यार्थी को मुल्यांकन उस्ले परिक्षा मा ल्याएको अङ्क बाट गरिन्छ भने कृषि मा भएको बिकास उत्पादन र उत्पादकत्व को वृद्धि को अङ्क मा गर्नुपर्ने हो तर यसमा भएको कछुवा गति को वृद्धि ले वास्तव मा विभिन्न कृषि सम्बन्धी योजना नीति तथा कार्यक्रम को उपलब्धि ले फेल को संकेत गरिरहे जस्तो लाग्छ ।
यस्तै राष्ट्रिय नीति को एउटा नीति हो सहुलियत ब्याजदर मा राष्ट्रिय बाणिज्य बैंक र कृषी बिकास बैंक बाट दिइने कृषि ऋण । अहिले कृषि कर्म गर्दै गरेका र कृषी सरोकारवाला बाहेक सम्पुर्ण मा एउटा यस्तो सोच छ कि कृषि फर्म गर्ने हरु कृषि बाट पैसा कमाउन नभएर सहुलियत को ऋण र अनुदान को पैसा कुम्ल्याउन कृषि गर्दैछन तर वास्तविक भने कृषि सम्बन्धी सबै सुविधा पहुच हुनेहरुका लागि मात्र हो । पहुच भयो भने न त फर्म राम्रो नै चाहिन्छ न त दुख कष्ट नै पर्छ । एउटा पहुच प्रयोग नगर्ने किसान को वास्तविकता आज दर्साउदैछु । आफ्नै देशमा केही गर्छु विदेस हैन, आफ्नै कर्म गर्छु अरुको जागिर हैन भनेर गाउँ छिरेका कपिल देव भट्टराई र कृषि क्षेत्र मै अध्ययन अध्यापन गराउने म स्वयं ले खोलेको देउराली कृषि फर्म को लागि हामी कृषी ऋण को लागि प्रस्ताव गर्न सुरु गरेको मिति २०७४ साल कार्तिक महिना हो। विभिन्न कारण देखाउदै आजसम्म बैंक ले हामीलाई दिएको छ त मात्र आश्वासन । यसरी बोल्न र बुझ्न सक्ने हरु को लाई त सरकारले प्रदान गर्ने ऋण गोजिबाटै दिनु पर्ने जस्तो गरिन्छ यहाँ भने सोझो जनताहरु को अझ के बिचल्ली हुदोहो। ” हामिलाई अनुदान चाहिएन हामिले लगानी गर्न सक्ने रकम को कमि पर्छ त्यसैले मात्र बिना झन्झटिलो तरिकाले ऋण दिए पुग्छ ” कपिल देव भट्टराई आफ्नो गुनासो राख्नुहुन्छ। फर्म खोल्न को लागि राष्ट्रिय बाणिज्य बैंक को कृषि ऋण खोज्न गएको फर्म बनेर कुखुरा उत्पादन भएर बेचिसक्दा पनि ऋन को ढोका भने खुलेको हुदैन । ” ऋण दिन को लागि कर्मचारी लाई फर्म हेर्न आउनुपर्ने हुन्छ त्यसको लागि बोलाउदा कहिले चिसो छ आज घाम लागेपछी जाउला कहिले बढी गर्मी छ भन्दै टारिरहने गर्दछन, यदि बिदेश गएर २ वर्ष काम गरेर लगानी लिएको भए बरु लगानी गर्न सकिन्थ्यो होला तर यता सहुलियत को ऋण को पछि लाग्दा काम नै बढाउन पाइएन” यस्तै ऋण को प्रक्रिया मा लाग्नु भएका किसान सरोज खराल बताउनुहुन्छ ।
यो पिडा मैले देखेको भोगेको धेरै जसो किसान को पीडा हो। किसान लाई न त अरु कसैले ऋण प्रदान गर्न खोज्छन् न त उनिहरु सङग प्रयाप्त लगानी हुन्छ । त्यस्तो अवस्था मा उनिहरु चाहेर पनि कृषि को आधुनिकीकरण र ब्यवसायिकता अपनाउन सक्दैनन् । न त उनिहरुको कुरा सुनुवाइ हुन्छ न त सिस्टम सम्यन्त्र नै फेरिन्छन । अब पनि कृषि मन्त्री देखि रास्ट्रले यस्ता गुनासो सुन्नुभएन भने तपाइँहरुले भोट माग्न यता का गाउँ मा भन्दा खाडी मा नेपाली खोज्न पर्ने दिन आउनेछ । कृषि मा चासो नभएर होईन कृषि मा मात्र फैलाएको अनुदान को आश्वासन र सेवा सुबिधा को झुटो प्रसार कृषि उन्नतीमा ब्रेक लगाउने कुरा हुन । नया ब्यवसायी उत्पादन मा जोड दिनु अगि पुराना ब्यवसायी को पीडा के छ। बुझ्नु जरुरी छ । नत्र भने नया कृषक उत्पादन को आसा त के पुराना कृषक को कृषि अवलम्बनता घट्न जानेछ । सरोकारवाला को घैटोमा घाम लागोस।
जय कृषि
लेखक देउराली कृषि फारमका संचालक एवं कृषक सन्देश कार्यक्रम प्रस्तोता पनि हुन्।