परिक्षा स्थगितको माग राख्दै ५ दिन देखि अनसनमा
शिक्षाखबर डेस्क
१६ चैत्र २०७४, शुक्रबार
no immg

काठमाडौं । शिक्षक सेवा आयोगले लिन लागेको परिक्षा स्थगितको माग राख्दै दिन देखि ३ जना विद्यार्थी अनसन बसिरहेका छन् । आज पाचौं दिनपनि अनसन जारी छ । अनसन बसेका विद्यार्थीहरुको समर्थनमा उत्रिएका विद्यार्थीहरुले सरकारले आफ्ना माग सम्वोधन नगरे अन्दोलन कडा पार्ने चेतावनी दिएका छन् ।

चैत १२ गते सोमबारदेखि शतप्रतिशत दरबन्दीमा खुला विज्ञापनमा माग राख्दै माइतिघर मण्डलामा तीन जना विद्यार्थीहरु हेमराज थापा, राजन लम्साल र मिलन बास्तोला अनसन बसेका छन् ।स्वास्थ्य स्थिति नाजुक बन्दै गएको र राज्यको तर्फबाट हेर्न कोहि नआएको,यसलाई टुंगोमा पुर्याउन कुनै पनि प्रयास नभएको गुनासो विद्यार्थीहरुको छ ।

यता भद्रकालीमा शतप्रतिशत दरबन्दीमा आन्तरिक विज्ञापन हुनुपर्ने भन्दै अस्थायी शिक्षकहरु आमरण अनसन बसेका छन् । असोज ३ गते शिक्षा ऐनको नवौं संशोधनमार्फत अस्थायी शिक्षकको लागि ७५ प्रतिशत दरबन्दीमा आन्तरिक विज्ञापन गर्ने व्यवस्था गरिएको छ ।

त्यसको लागि चैत २३ मा परीक्षा समेत तोकिसकिएको छ । अनसनमा बसेका विद्यार्थीहरु भने ७५ प्रतिशत आन्तरिक प्रतिष्पर्धाको विरोध गर्दै आइरहेका छन् । लाइसेन्स लिएर शिक्षक बन्न तयार रहेका दक्ष जनशक्तिले मौका पाउनु पर्ने भन्दै विद्यार्थीहरु अनसन बसेका हुन् ।

प्रतिक्रिया