काठमाडौँ । ६ बैशाख – हृदयघात अहिलेको समयमा धेरै मानिसमा देखिने समस्या हो । शारीरिक व्यायामको कमी , खानपानमा लापरवाही , तनाव र धुम्रपान जस्ता समस्याले गर्दा हृदयघातको बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । हृदयघातका लक्षणहरु देखा परिरहने भए पनि हामी त्यसलाई वास्ता गर्ने गर्दैनौं । जसले गर्दा हामीलाई पछि समस्या आउने गर्छ । हृदयघात भएको समयमा तुरुन्तै उपचार गर्न सकिएन भने मानिसहरुको ज्यान समेत जाने गर्छ । यस्ता लक्षणहरू देखिएमा तपार्इलार्इ पनि हृदयघात भएकाे हुन सक्छ ।
१. अन्य भागमा पीडा
छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातकै लक्षण हो । यदि यस्ताे भएमा तुरून्त चिकित्सककाेमा परामर्श लिन जाँदा उपयुक्त हुन्छ ।
२. सास लिन अप्ठ्यारो
सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
३. पाचनतन्त्रमा गडबडी
पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
४. आत्तिने
लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने याे पनि सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
५. अत्यधिक पसिना
कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।
६. गोडा फुल्ने
मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
७. ढुकढुकी बढ्नु
धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् , जति सक्दाे चाँडाे चिकित्सकलाई देखाउनुस् ।