यस्ता छन् घमाैराबाट बच्ने उपाय
शिक्षाखबर डेस्क
१० बैशाख २०७५, सोमबार
no immg

 

काठमाडाैं । १० बैशाख ( एजेन्सी )  –  गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई  हामी घमौरा भन्दछाैँ ।

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन्छन् । गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ ।

 यसरी बच्न सकिन्छ  घमौराबाट  : 

बच्चालाई नुहाइसकेपछि पाउडर लगाउने ।

वयस्क मानिसहरूले गर्मीमा कसिलो कपडा नलगाउने ।

गर्मीमा नायलन र रेयानको कपडाबाट टाढाँ रहने ।

कूल कपडा, कटन वा लेनिनको कपडा मात्र विशेषगरि लगाउने ।

गर्मी मौसममा घमौरा आउँछ भने चन्दनको प्याक बनाइ राति सुत्नु भन्दा पहिला यसलाई शरीरमा लगाउने ।

यसो गर्दा शरीरको घमौरा धेरै मात्रामा कम हुन्छ ।

घमौरालाई कम गर्नको लागि क्याल्माइन लोशन लगाउन सक्नुहुन्छ । यसले घमौरा चिलाउँन कम हुन्छ ।

दिनहुँ बिहान उठेर खाली पेट २ चम्मच एलोभेरा जूसमा ८ देखि १० थोपा कागतीको रस मिलाएर चिसो पानीमा घोलेर खाँदा पनि घमौरा निस्कन पाउँदैन ।

गमिर्मा प्याजनियमित रूपमा सेवन गर्दा पनि घमौरालाई कंट्रोल गर्न सकिन्छ ।

निगालो जडीबुडी(Asparagus herb)लाई दुई मिलिग्राम तपाई चिसो पानीको साथ खानुहोस् । यसले तपाईको शरीरलाई चिसो राख्छ ।

बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।

लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।

 

प्रतिक्रिया