बाठमाडाैं । १८ बैशाख –
सुन्दर रहनु सबै मानिसहरूकाे चाहना हाे । मानिसहरू सुन्दर रहन विभिन्न प्रकारका अाधुनिक अाैषधिहरू प्रयाेग गर्दछन् । तर त्यसबाछ पनि मानिसहरूले साेचे अनुरूपकाे प्रतिफल चाहि पाउन सकिरहेका हुँदैनन् । हामीले यहाँ त्यस्ता केहि घरेलु अाैषधिकाे सुचि तयार पारेका छाैँ जसले तपार्इलार्इ गर्मीमा पनि सुन्दर रहिरहन सहयाेग गर्दछ ।
गर्मीमा घामले ढडेकाे ठाउमा नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ ।
आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ । घिउकुमारीको जेलले छालाको रातोपनालाई कम गर्छ । यसलाई लगाउनाले छिट्टै राहत मिल्छ ।
काँक्रोको रस एक कप निकालेर त्यसमा कागतिको रस मिसाउनुस् । त्यसलाई डढेको स्थानमा लगाएर १० मिनेटसम्म राख्नुपर्छ । यसलाई नियमित लगाउनाले चाँडै छालाको कालोपन हट्छ ।
दूधमा २ चम्चा बेसार लगाएर डढेको ठाउँमा लगाई केहीबेर त्यत्तिकै छाड्ने र पछि तातो पानीले धुनुपर्छ । यो प्रक्रिया दिनमा दुईदेखि तीनपटक गर्नाले डढेको स्थानमा सुधार आउछ ।
मुसुरोको दालमा दही मिसाएर त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ । यो लेप नियमित लगाउनुपर्छ ।