काठमाडैं । ३ जेठ
पक्षघात ( stroke) तपाईँ को मस्तिष्कमा रगत को अभाव अथवा सिराहा(arteries) फुटेर हुन्छ । यो रोग प्राय वयस्क मानिस लाई धेरै हुन्छ । यो रोग ले मान्छे लाई अपाङ देखी मृत्यु सम्म पुर्याउन सक्छ । दिमाग मा कति कोसीका मासिएका छन् तेस्ले रोगको प्रकृति जनाउदछ। जति समय रगत को अभाव हुन्छ त्यती नै रोग डुरलाग्दाे हुन्छ ।
प्राय सुगर , जाड रक्सी र धूम्रपान गर्ने मानिसमा यो रोग बढी देखिन्छ । मानिसको सबै हर्कतको कन्ट्रोल मस्तिष्कका कोसीका( cells) को काम हो । मस्तिष्कको प्रत्येक भागले केही न केही कार्यसम्पादन गर्दछ । जब stroke हुन्छ, बिग्रिएका कोसीकाको कार्य या त पूर्ण रूपमा रोकिन सक्छ । वा केही समयको लागी रोकिन्छ ।
अचेल पक्षघात कुनै पनि हाड्जोर्नी अथवा निउरो रोगमा फीजियोथेरापी गर्ने सल्लाह तपाईँको डाक्टरले दिने गर्छ । फीजियोथेरापी यस्तो एउटा वैज्ञानिक उपचार पद्धति हो । जसले तपाईँको पक्षघातपछि चल्न छोडेका अङ वा कम चल्ने अङलाई एक्सर्साइज ( फिजिकल थेरापि) द्वारा पुन (वा मिल्ने सम्म) सुचारु गरी मस्तिष्कमा (re-wiring) गर्न मद्दत गर्दछ ।
पक्षघात भएको व्यक्तिलाई जति सक्दो चाडो फिजियोथेरापी गराइन्छ । त्यति नै चाडाे ठिक हुने हुन्छ । फीजियोथेरापीमा वैज्ञानिक पद्धति द्वारा मेसिन र exersise सहित विभिन्न movement pattern प्रयोग गरेर उपचार गरेनौ गरिन्छ ।
विभिन्न प्रोटोकलका मद्धतले balance, coordination,gait र muscle strength सुधार्न मद्दत गर्छ । पक्षघात पछिका समस्या जस्तो मासपेसी खुम्चिने,रगत सञ्चार राम्ररी नहुने र basic muscle movement नहुने हुँदा फीजियोथेरापी विधिले यी समस्या निराकारण गर्न सहयोग गर्दछ ।






