गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमको मिस्ड कल एलर्ट पुनः सञ्चालन
शिक्षाखबर डेस्क
१५ जेष्ठ २०७५, मंगलवार
no immg

काठमाडाैं । 

नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा  अाजदेखि पुनः संचालनमा ल्याएकाे छ। नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा मिस्डकल एलर्ट सेवा पुनः संचालनमा ल्याएकाे जनाएको छ।

मिस्ड कल सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोवाइलमा लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार सेवाग्राहीले नम्बर व्यस्त हुँदा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको बेला फोन आउँदा एसएमएसमार्फत नोटिफिकेसन पाउनेछन्।

उक्त सेवा लिनकालागि सेवाग्राहीले एसयुबी  एसिए लेखेर १४०० मा एसएमएस अथवा डायल गर्नुपर्ने प्रावधान रहेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार उक्त सेवा १५ दिनकालागि निशुल्क लिन सक्नेछन् भने सो अवधिपछि मासिक पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ।

जिएसएम र सिडीएमए सेवाग्राहीले  कम्पनीको नेट्वर्कभित्र १८ रुपैयाँमा एक घण्टा भ्वाइस, एसएमएस र डाटा चलाउन सक्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार १२ रुपैयाँमा पाँच दिन भित्र एक सय २० वटा एसएमएस पठाउन सक्नेछन्।
जेठ १४ गतेदेखि २८ गतेसम्म लागू हुने अफर खरिदका लागि सेवाग्राहीले *१४१५*८# डायल गर्न सक्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया