• स्वास्थ्य

    भाइरल फिवर बारे सामान्य जानकारि :- डा. सुरेस

    शिक्षाखबर संवाददाता

    २५ असार २०७५, सोमबार

    चितवन,२५-असार/भाइरसको संक्रमणबाट हुने ज्वोरोलाई भाइरल फिवर भनिन्छ । हाम्रो शरीरको सामन्य तापक्रम बिहान र साझमा अलिकति फरक हुने गर्दछ । ( बिहान ९८.४ साझ ९९.९ ( 4-6 pm) ।
    ज्वोरो भनेको बिहान र साझको समान्य तापक्रम भन्दा बढी हुनु हो। ज्वोरो विभिन्न कारकले गर्दा हुने गर्छ ( virus , bacteria , fungi, drugs, toxins etc) जस मध्ये virus पनि एक हो ।
    तापक्रम नियन्त्रण गर्ने केन्द्र हाम्रो टाउकोको Hypothalamus मा हुन्छ । ज्वोरो गराउने कारणलाई हामिले Pyrogens भनिन्छ । यो Pyrogensहरु रगत कोसिकाबाट बग्दै हाम्रो टाउकोको तापक्रम नियन्त्रण गर्ने केन्द्रलाई चलाई हाम्रो शरीरको तापक्रम बडाउने गर्दछ र हामिलाई ज्वोरोको अनुभूति हुनेगर्छ ।
    यहाँ सामान्य viral ज्वोरोको लक्षणहरु र त्यसबाट बच्ने उपाएहरु तल उल्लेख गरिएको छ ।

    लक्ष्यणहरु
    घाँटी खसखस हुनु वा चिलाउने, नाक बग्नु, चिलाउने वा बन्द हुनु ।
    खोकी लाग्नु तथा टाउको दुख्नु ।
    आवाज घोक्रो हुनु ।
    माम्सपेसि तथा जोर्निहरु दुख्नु वा गल्नु ।
    पातको दिशा लाग्नु ।
    बान्ता हुनु ।
    पेट दुख्नु ।

    बच्ने उपायहरू
    पानी प्रस्सथ मात्रमा पिउने ।
    अण्टि एलर्जीक तथा ज्वोरो रोक्ने औसधी सेबन गर्ने ।
    प्रसस्थ मात्रामा आराम गर्ने ।
    दिसा पातलो भए जीवन जल लिने तथा electrolyte जाँच गराउने ।
    समयमा vaccine लगाउने ( Infulenza ) ।
    डाक्टरको परामर्श लिने ।

    (फिजिसिएन डा. सुरेश कुमार दिप चितवनको भरतपुर सेन्ट्रल हस्पिटलमा कार्यरत छन् )