कविता-नारी सम्मान
शिक्षाखबर डेस्क
२६ भाद्र २०७५, मंगलवार
no immg

कविता

नारी सम्मान

विनोना कार्की

कक्षा -९ ,काष्ठमण्डप विद्यालय,

मण्डीखाटार,काठमान्डू

 

छोरी लक्ष्मीको अवतार हो भन्ने गर्थे सबैले

तर त्यही नारीको बलात्कार भै उसको इज्जतमा दाग लाग्दा

न्याय किन दिएनन कसैले ?

छोराछोरी एक समान हुन् भन्ने गर्छन

तर बिवाहको शुभ अवसरमा

केटाको परिवारले दाइजोको निहुमा जिउदै जलाउदा

किन उठ्दैनन आगोको लप्का बनेर जल्नेहरु

चुराफुट्ने गर्छन कतिको खुशियाली खोसीदै

आफ्नो बाँच्ने अधिकार पाउदैनन

सेतो सारी लगाउदै अझै आफ्नो कर्तव्य पालाना गरीरहदा पनि

समाजको नारी प्रति सहानुभूति मात्र फैलियो संधै

तर भित्र भित्रै विधवाको सौन्दर्य लाइ  गिद्दे नजरले हेरी रहदा

किन यस्तो भैरहेको छ त् हाम्रो समाजमा ?

उठ्छन प्रश्न अनेक मेरो मनमा

यस्तो कुरा देखिरहादा नपढेको पिडा समेत दुखेर आउछ मेरो मनमा

देउकी छाउ बादी अनेक नाम दिएर

दुर्गा भवानी शक्ति स्वरुपनी देवी बनेर अन्याय अत्याचार र दुराचारको अन्त्य गर्न

अब उठ्नु पर्छ जल्दै गरेका मनहरु गल्दै गरेका स्वाभिमान हरु

अब पुजिनु भन्दा स्वतन्त्र स्वाभिमानले बाँच्नु पर्छ ll

प्रतिक्रिया