कमरेड
शिक्षाखबर डेस्क
५ बैशाख २०७७, शुक्रबार
no immg

*******कमरेड *******
खोज्दै छु आज देशको कुना कुनामा
हाम्रो प्यारो पार्टी हाम्रो प्यारो नेकपा
थाहा छैन कहाँ हरायो कहाँ रुमल्लियो
हिजो कार्यकर्ताका दरिला मुठ्ठीमा देखिन्थ्यो
लाखौं सर्बहारा बर्गको मुहारमा झल्किन्थ्यो
तर हेर आज भोको पेटको लागि घरतिर
लतारिएका ती पैतलाहरुबाट रगत झर्दा
कठै भन्न पनि आएन मलम पट्टी त कुरै छौडौ
त्यसैले कमरेड खोज्दै छु आज हाम्रो नेकपा

हिजो सिकायो गन्तव्य बिनाको अर्थ छैन
आज आफैले गन्तव्य छोड्न पुग्यो
बोकेर आएका ती आशाका पोकाहरु
हेर आज ती झिनो मुल्यमा बुझायो
कमरेड,
उसकै लागि हजारौंले बलिदानी दिए
लाखौले आफ्नो अंगहरु गुमाए
तर हेर, आज सुन्दै छु कहि कतै
पैसा र पावरको रबाफ देखाउदैछ रे
गरिब मजदुरलाई माया गर्ने पार्टी
हेर आज लाखौंको गोडा दुख्दा
लाखौं भोकै रात बिताउदा पनि
मौन बसेर हेर्दै छ रे
त्यसैले कमरेड खोज्दै छु हाम्रो पार्टी

कृष्ण भिरको भित्तामा मजदुर हिड्दै गर्दा
दासढुङ्गाका ती बाटोमा रात बिताउदै गर्दा
हाम्रा सहिदहरु कति रोए होलान
आफैले आफैलाई कति धिक्कारे होलान
सहिदहरुको रगतले उसको मन पोलेन अरे
एक पहिला सम्म अघि सरेन अरे
गन्तव्य थियो समाजबाद अनि समृद्धिको
आज हेर गन्तव्य नै बिर्सियो अरे
आज धेरै रोए मजदुरहरुको सम्झनामा
त्यसैले कमरेड खोज्दै छु हाम्रो नेकपा

काधमा काध मिलाई जनतासंग हिड्न सक्थ्यो
गरिब सर्बहारा बर्गको लागि लड्न सक्थ्यो
तर आज के भयो
गरिब जनताको आँसु रित्तिदा सम्म
एक शब्द सास पनि फालेन अरे
गरिबहरु भोकै कराउदा सम्म
एक डक अघि सरेन अरे
हेर त , न त हिड्न नै सक्छ
न त बोल्ननै, न त लड्ननै
न त देख्ननै नै सक्छ
पैसा भित्रै हराईसकेछ थाहै नपाई
त्यसैले कमरेड खोज्दै छु हाम्रो नेकपा !!

**लोकेश खड्का **

प्रतिक्रिया