मैले के बिराए
समय बदलियो, तिमि बदलियौ
तिम्रा बाँचा र कसमहरु बदलिए
तिम्रो व्यबहार बदलियो
भनौ न तिमि त सम्पुर्ण रुपले नै बदलियौ ।
त्यसैले त १
म पनि बदलिए
तिमिलाई बिश्वास गर्ने मेरो आदत पनि बदलियो
तिमिलाई भरोसा गर्न पनि छोडे
तिमा् बाँचा र कसमहरु पनि भुलीदिए
भनौ न तिम्रो त आशै गर्न छोडिसके ।।
माया गर्न सिकायौ, माया गरे
विश्वास गर्न सिकायौ, विश्वास गरे
भरोसा गर्न सिकायौ,भरोसा गरे
समयसँगै बदलिन सिकायौ, त्यो पनि मैले सिके
तिमिले जे सिकायौ मैले पनि त्यहि त सिके, आखिरी मैले के बिराए ।
देबिका के सी
मानवअधिकारकर्मी






