तिमीलाई तारा बनेर हेर्दैछु
शिक्षाखबर डेस्क
१४ जेष्ठ २०७६, मंगलवार
no immg

सानी जुनेलि रातको जुनसरि चम्किरहनु है
सगरमाथाको चुचुरो भै अटल रहनु है
भगवान बुद्व जस्तै शान्त रहनु है
जीवनमा अनेक उत्तार चढावहरू आउलान
संयम भएर, अडिग भएर सामना गर्नु है ।

कसैको अगाडी अधेरो मुख नलगाउँनु
तिमी जे गर्दा खुशि हुन्छेउ त्यहि गर्नु
मैले नचाहेर नै तिम्रो काँधमा छोडेर आएका
नासोहरूलाई सहि बाटो लगाउ है सानु
शत्रु बैरीहरूका अगाडी हाँसोको पात्र नबन्नु है ।

जीवनको भोगाईमा कहिले बादल लाग्ला,
कहिले पानी पर्ला त कहिले हुरि बताश नै आउला तर कुनै पनि हालतमा नआत्तेउ है कालु
म तिम्रो साथमा हुँदा दिएका अर्ती र
उपदेशहरू मनन गर्दै अगाडी बढदै जाउ ल सानु ।।।

सुनन न बाबु मेरो तिमिसँग मात्रै एउटा
सानो गुनासो छ, भन्दिए ल अन्यथा नमान
तिमि आजभोली किन फीका भएर बस्छेउ
कस्ले भन्यो तिमिलाई मेरो अबसानपछि रातो नलगाउ अनि सोह श्रृगार नगर भनेर

छोडिदेउ ति सबै हानीकारक परम्पराहरू
मात्र तिमी रसिली, हँसिली र खुशेली भएर बाँच
तिमीलाई थाहा छ सानु म तिम्रो रमितेको आत्मा त्यतिबेला मात्र खुशि हुनेछ,
जब तिमी सुखि, खुशि, रसिली र हँशिली हुन्छेउ ।
म फेरि भन्छु तिमीलाई, तिमी जे गर्दा खुशि हुन्छेउ त्यहि गर,
तर बिन्ती तिमी दुःखी कहिल्यै नवन ल

आजभोली त म तिम्रो रमिते मात्र भएको छु
तिमि ठान्छेउ होला मत तिमिबाट टाढा भै सके भनेर अह पटक्कै होईन
साँझ सुत्नु अगाडी
कौसीमा आएर सिधा माथि आकासतिर हेरत
म सबैभन्दा चम्किने चम्किलो तारा भएर पो बसेको छु त
नपत्याय आजै बेलुका हेरत

देबिका के सी
मानब अधिकारकर्मी

प्रतिक्रिया