हेपाटाइटिस बी र बच्ने उपायहरु
शिक्षाखबर डेस्क
१० आश्विन २०७५, बुधबार
no immg

१. हेपाटाइटिस भनेको के हो र केस्ले गर्दा मानव शरीरमा लाग्ने गर्दछ ?
हेपाटाइटिस भनेको सामान्यतया कलेजो सुनिनु हो त्यो कुनै पनि प्रकारको कलेजोमा हुने संक्रमणले गर्दा हुने रोग हो । हेपाटाइटिस विभिन्न प्रकारका किटाणुहरु जस्तै ब्याक्टेरिया, भाइरस र पारासाइटको संक्रमणले हुने गर्दछ । त्यसमा पनि विशेषता हेपाटाइटिस भाइरस जस्तो कि हेपाटाइटिस भाइसर र त्यसका प्रकारहरु हेपाटाइटिस ए, हेपाटाइटिस बी र हेपाटाइटिस ई भाइरसको संक्रमणले गर्दा हेपाटाइटिस हुने गर्दछ ।
२. हेपाटाइटिस कुन तबरले कसरी हाम्रो शरीरमा सर्ने गर्दछ ?
हाम्रो शरीरमा मुलत हेपाटाइटिस हेपाटाइटिस भाइरसहरुले गर्दा लाग्दछ जस्तो कि :–
हेपाटाइटिस ए :– यो भाइरस हाम्रो शरीरमा विशेषत संक्रमित खाने कुराहरु, फोहर पानी र हाम्रो खानेकुराहरुबाट हाम्रो शरीरमा सर्ने गर्दछ ।
हेपाटाइटिस बी :– यो भाइरस हाम्रो शरीरमा मुलत रगत र रगत जन्य पदार्थ बाट हुने संक्रमणबाट हाम्रो शरीरमा सर्ने गर्दछ जस्तो कि संक्रमित व्याक्तिसँग असुरक्षित शारीरिक सम्र्पक राख्नु, संक्रमित व्याक्तिले रक्तदान गरे र प्रयोग गरेमा, लागूऔषध प्रयोग गर्ने व्याक्तिहरुमा संक्रमित सुईले गर्दा । यदि संक्रमित आमाले चिकित्सकको सल्लाह र सावधानी बेघर बच्चा जन्माएमा ।
हेपाटाइटिस सी :– यो भाइरस पनि हाम्रो शरीरमा हेपाटाइटिस बी जस्तै रगत र रक्त जन्य पदार्थहरुबाटै सर्ने गर्दछ जस्तो कि संक्रमित व्याक्तिसँग असुरक्षित शारीरिक सम्र्पक राख्नु, संक्रमित व्याक्तिले रक्तदान गरे र प्रयोग गरेमा, लागूऔषध प्रयोग गर्ने व्याक्तिहरुमा संक्रमित सुईले गर्दा । यदि संक्रमित आमाले चिकित्सकको सल्लाह र सावधानी बेघर बच्चा जन्माएमा । हेपाइटाइटिस सी शरीरमा ट्याटु घोच्दा पनि सर्ने गर्दछ र बढी देखिएको छ ।
हेपाटाइटिस ई :– यो भाइरस मुलत हेपाटाइटिस ए जस्तै प्रकृति हुन्छ र त्यहि किसिमले हाम्रो शरीरमा सर्ने गर्दछ । विशेषत संक्रमित खाने कुराहरु, फोहर पानी र हाम्रो खानेकुराहरुबाट हाम्रो शरीरमा सर्ने गर्दछ ।

त्यस्तै हेपाटाइटिस भाइरस बाहेक अन्य प्रकारबाट कलेजोमा हुने हेपाटाइटिस भनेको ‘ड्रग इन्डीयुस’ अथवा औषधीले गर्दा हुने हेपाटाइटिस हो । जस्तो कि दुखाई कम गर्ने दबाइ, क्यान्सरमा प्रयोग गर्ने केमोथेरापी जस्ता अन्य एन्टिबायोटिक को असरले पनि हेपाटाइटिस हुने गर्दछ ।
त्यो बाहेक रक्सीले पनि हाम्रो शरीरमा हेपाटाइटिस गराउछ र त्यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस ’ भनिन्छ । रक्सी लामो समयसम्म खाएमा कलेजो सुनिएर कलेजोमा बोसो जमेर त्यसले प्रारम्भिक चरणमा असर नगरेर पछि गएर ‘अल्कोहोलिक हेपाटाइटिस’ हुने गर्दछ र अन्तमा कलेजोले नै काम गर्न छाड्दछ ।

३. हेपाटाइटिस बी र हेपाटाइटिस सी सम्बन्धि रहेका केहि भम्रहरु
– हेपाटाइटिस बी अथवा कलेजो सम्बन्धि कुनै पनि बिरामीले खानपिन बार्नु पदैन र कलेजोमा समस्या देखियो भने बढी प्रोटिन युक्त खानेकुराहरु बढी खानु पर्ने हुन्छ, सामान्य खाना खानु पर्दछ यदि खाना बार्नु भएमा समस्या अझ बढी बल्झिन्छ किन कि सामान्यवस्था भन्दा यस्तो अवस्थामा हाम्रो शरीरलाई बढी मात्रमा पोशण त्तत्वको जरुरत हुन्छ ।
– यो रोग पसिनाबाट सर्दैैन ।
– यो रोग हात मिलाउदाँ अँगालो मार्दा र चुम्बन गर्दा पनि सर्दैन ।
– यो रोगका बिरामीहरुको जुठो खादा पनि सर्दैन ।
– यो रोग सँगै बस्दा, उठ्दा, हाँस्दा र खेल्दा पनि सर्दैन ।
– यो रोग प्रारम्भिक चरणमा देखिदैन र पछि विकसित हुदै क्रोनिक हेपाटाइटिस बी हुने गर्दछ र सधैभरि रहिरहन सक्छ ।
– यो हेपाटाइटिस बी रोग वयस्क अवस्थामा लागेको छ भने ९५ प्रतिशत निको हुने संभावना हुन्छ र ५ प्रतिशत लामो समयसम्म रहने गर्ने गर्दछ ।
हेपाटाइटिस बी रगतमा देखिदा बित्किै औषधी सेवन गर्नु पर्दैन त्यसको स्टेज अथवा घटी बढी रगतको जाँच गरेर भिडियो–ऐक्से गरेर मात्रै औषधी सेवन गर्नु पर्दछ जसले गर्दा हेपाटाइटिस बी ले गर्दा कलेजो बिग्रीनबाट बचाउछ ।
४. हेपाटाइटिस बी का लक्ष्यणहरु
– खान मन नलाग्ने ।
– पेट दुख्ने ।
– वाक–वाक लाग्ने ।
– शरीरमा थकान लाग्ने ।
– एक्युट स्टेज अथवा प्रारम्भिक चरणमा शरीर पहेलो हुने र अन्तिम स्टेज अथवा लेट स्टेजमा पनि शरीर पहेलो हुने गर्दछ र हेपाटाइटिस बी मा जन्डिस नहुन पनि सक्छ तर त्यसको अवस्था स्टेजमा भर पर्ने गर्दछ ।
– यदि क्रोनिक हेपाटाइटिस बी छ भने यो अन्य रोगहरुको जाँच प्ररिक्षण गर्ने बेला देखिन्छ । यसले कुनै पनि समस्या नगरेको हुन सक्छ र प्राय जसो बिरामीहरु अस्पतालमा यहि अवस्था आउने गर्दछन् ।
४. हेपाटाइटिस बी र हेपाटाइटिस सी बाट बच्ने उपायहरु
– हेपाटाइटिस बी आमाबाट बच्चामा सर्ने गर्दछ यदि परिवारका कुनै सदस्यलाई हेपाटाइटिस बी देखियो भने परिवारका सबै सदस्यहरुको हेपाटाइटिस जाँच गर्नुपर्दछ । यदि हेपाटाइटिस बी देखिएन भने अन्य परिवारका सदस्यहरुलाई सर्न नदिन हेपाटाइटिस बी को भ्याक्सिन लगाउनु पर्दछ ।
– सबै नवजात शिशूहरुलाई नेपाल सरकारको खोप तालिका अनुसार हेपाटाइटिस बी को खोप लगाउने जस्ले गर्दा हेपाटाइटिस बी बाट बच्न र बचाउन सकिन्छ ।
– गर्भवस्थामा यदि आमालाई हेपाटाइटिस बी देखियो भने हामीले हेपाटाइटिस बी को भाइरस लोड कति छ, कुन स्टेजमा छ भनेर जाँच्नु पर्दछ र आमाले औषधी सेवन गर्नु पर्दछ, बच्चा जन्मदाँ साथ बच्चालाई खोप लगाउने र इम्युनोगोलोभिन भन्ने दबाई लगायो भने हेपाटाइटिस बी आमाबाट बच्चामा सर्नबाट हामी बच्न र बचाउन सक्छौ ।
– हेपाटाइटिस बी सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुलाई प्रोत्साहन र प्रचारप्रसार गर्ने ।
– रगत र रक्तजन्य चीजहरु शरीरमा चढाउदाँ सम्पूर्ण जाँचहरु गरेर मात्र प्रयोग गर्ने ।
– सुई र सुई जन्य प्रदार्थहरु नसाट्ने ।
– सुरक्षित शारीरिक सम्पर्क राख्ने ।
– हेपाटाइटिस बी को भ्याक्सिन प्रयोग गर्ने । यसको मात्र ३ वटा हुन्छ पहिलो भ्याक्सिन लगाएको १ महिना पछि दोश्रो डोज भ्याक्सिन लगाउछौ र अन्तिम डोज पहिलो भ्याक्सिन लगाएको ६ महिना पछि लगाउने गर्दछौ । भ्याक्सिन लगाइसके पछि हामीले भ्याक्सिनले काम गरेको छ कि छैन भन्ने पनि जाँच गर्नु पर्ने हुन्छ किन कि सबै मानिसमा भ्याक्सिनले काम नगरेको पनि हुन सक्छ । त्यसको लागि हेपाटाइटिस बी भ्याक्सिन लगाएको र डोज पुरा भएको ६ देखि ८ हप्तामा ‘एन्टी एच बी एस टाइटर’ हाम्रो शरीरमा हेपाटाइटिस बी बिरुद्ध एन्टी बडी अथवा हेपाटाइटिस बी विरुद्ध लड्ने तत्व बन्यो कि बनेने भनेर हेर्नु पर्ने हुन्छ र त्यसको मात्र कम्तीमा पनि १० भन्दा माथि हुनु पर्दछ र यदि १० भन्दा माथि भएमा हामी हेपाटाइटिस बी बाट जोगिन सक्छौ ।
५. हेपाटाइटिस बी र सी का दिर्घकालिन असरहरु
– कलेजोमा बोसो जम्दै जानु ।
– कलेजोमा फाइब्रोसिस अथवा कडा हुदै जानु ।
– कलेजो सुकेर आउने अथवा ‘सिरोसिस’ हुनु र ‘सिरोसिस’ ले गर्दा अरु समस्याहरु देखिन थाल्दछ जस्तो कि पेटमा पानी आउनु्, मुखबाट रगत बान्ता हुनु , शरीरमा जन्डिस देखा पर्नु र पछि गएर कलेजोको क्यान्सरसम्म हुने गर्दछ ।

डा. दिपेन्द्र खड्का
एम.बि.बि.एस, एम.डी, डि.एम
विरिष्ठ कलेजो रोग विशेषज्ञ
प्रस्तुति : डा.देवेन्द्र आचार्य

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै