प्रादेशिक जनस्वास्थ्य संघको निर्वाचन र मेरो उम्मेदवारी
शिक्षाखबर डेस्क
१७ पुष २०७५, मंगलवार
no immg

चितवन / अहिले नेपाल जनस्वास्थ्य संघको प्रादेशिक निर्वाचनले माहोल तातिरहेको छ। नेफाको केन्द्रिय निर्वाचनको केही समय पछि प्रादेशिक निर्वाचन सम्पन्न हुन लागेको हो। केहि परिवर्तन र बिकास गर्छु भन्ने आट, बिश्वास , दृढ संकल्प ,चाहना, रहर बोकि मैलेपनि प्रादेशिक निर्वाचनमा प्रदेश नम्बर ३ बाट प्रगतिशील प्यानल बाट सहसचिव पदमा उम्मेदवारी दिएको छु ।कुराले हैन कामले देखाउने ठुलो इच्छा, परिवर्तन सम्भब छ हाम्रो पालामा भन्ने बिश्वास र जनस्वास्थ्य क्षेत्रको सान बनाउनु छ जनस्वास्थ्यको छुट्टै अस्तित्व अनि पहिचान भन्ने नारा बोकि युवा जनस्वास्थ्यकर्मिको रुपमा चुनावी मैदानमा होमिन लागेको छु । आशा छ हजुरहरुले पुर्ण समर्थन र साथ रहनेछ ।

जनस्वास्थ्य कर्मिहरुको पेशागत क्षमता अभिबृद्धि गरि व्यावसायिकतामा जोड दिनुपर्ने मुल मर्म लिएर नेपाल जनस्वास्थ्य संघ (NEPHA) खोलिएको २८ औं बर्ष भैसकेको छ। यसको स्थापना जनस्वास्थ्य संग आबद्ध जनस्वास्थ्य बिज्ञहरु बाट भएको हो। (NEPHA) अहिलेसम्म जनस्वास्थ्य को एउटा मात्रै पेशागत संगठन हो, देश संघीयतामा गइसक्यो, मुलुकभर 753 स्थानिय तह बनिसक्यो। ६ महानगरपालिका, ११ उप• म• न• पा•, २७६ नगरपालिका, गाउपालिका ४६०, जनस्वास्थ्य कर्मि हरुको स्थान कहाँ र के रहने भन्ने अहिले सम्म कुनै टुङो लागेको छैन ।जनस्वास्थ्य को आबश्यकता, चासो र चिन्ता लिनु पर्ने जनस्वास्थ्य लाई रास्ट्रको आवश्यकता महसुस गराउन पर्नेमा NEPHA ले नत निती नियम बनाउनमा उलेखनिय भूमिका खेलेको छ, नत जनस्वास्थ्य कर्मी को हक हितमा नै बोल्ने प्रयास गरेको छ, नत रोजगारी सृजनामा पहल कदमी नै चालेको छ । यहाँ धेरै बर्ष दुर्गम मा काम गरेका जनस्वास्थ्य कर्मिहरु आर्थिक अभाब र छात्रवृति नहुदा उच्च शिक्षा लिन बाट बन्चित छन । बिगतमा जनस्वास्थ्य संघको जस्ले नेतृत्व गरेता पनि केही उल्लेखनीय र प्रसंशा योग्य काम हुन सकेको छैन कछुवा गतिमा हिंड्ने हो भने हामिले यसको विकल्प किन नखोज्ने भन्ने जस्तो मनसाय जनस्वास्थ्यकर्मी को मानसपटलमा छाउन थालेको देखिन्छ।
डा.गोबिन्द K.C ले मेडिकल शिक्षा सम्बन्धी ऐन बनाउने आन्दोलन गरिरहदा NEPHA का पदाधिकारीहरु कुनै वास्ता छैन । हाल आएर यो पेशागत मुल्यमा कमिको रुपमा ठेकेदारि सस्थाको रुपमा परिचित हुँदै अगाडि बडिरहेको छ । यसलाई भर्‍याङ बनाएर अगाडि बढ्ने जमातहरुले NEPHA को जिम्मेवारी सुस्त बनाउदै लगिरहेको छ्न। यो अवस्था सम्पुर्ण जनस्वास्थ्य कर्मिहरुको लागि निकै गम्भीर र पिडादायक विषय हो। धेरै भन्दा धेरै जनस्वास्थ्य अध्ययन गरेका बिध्यार्थी बेरोजगार छन हरेक बर्ष हजारौं बिध्यार्थी पासआउट भएता पनि केही INGO , NGO र २-५ जना नेपाल सरकार संग आबद्द भएता पनि बाँकी को लागि रोजगारी सृजना गर्ने Environment छैन । सरकारी पर्याप्त कोटा नहुँदा लाखौं खर्च गरेर अध्ययन गरेता पनि रोजगारी सृजना नहुँदा हजारौं युबा बिदेशिन वाध्य छन जब उनिहरुको हक हीतको लागि लड्न पर्ने सस्था नै Dollar को खेती मा लागेपछी र कार्यकारी पद ओगट्नेहरु आफ्नो वृता जस्तै सम्झेर जनस्वास्थ्य कर्मिहरुको पेशागत हक हित आफ्नो खल्तिमा राख्न थालेपछी नेपाल मा आफ्नो भबिस्य नदेखि हजारौ युवा बिदेशिन बाध्य भएका हुन।
नेफाको केन्द्रीय निर्वाचन लगत्तै हाल प्रादेशिक निर्वाचनको चुनाबी माहोल तातेको छ योग्य र सक्षम उम्मेदवारआफ्नो ठाउँबाट लागि परीरहेका छन, चुनाव नजिकिदै गर्दा जनस्वास्थ्य अध्ययन गर्ने बिध्यार्थी,जनस्वास्थ्य कर्मि, एबम पेशाकर्मी सबैको ध्यान आकषर्ण अहिले चुनाबि माहोलमा भैरहेको छ । बिगतको जस्तो नेतृत्व नपरोस र जनस्वास्थ्य लाई माथि उठाउन र हक अधिकार सुनिस्चित गर्नको लागि हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्दै प्रगतिशील समुहका जनस्वास्थ्यकर्मिहरु लागि परिरहेको देखिन्छ।
माडी मा .बी माडी, चितवन पछि सुरु भयको मेरो स्वास्थ्य क्षेत्रको यात्रा मोडल कलेज बिरगंज बाट हेल्थ असिस्टेन्ट बाट सुरु भइ श्री मेडिकल एन्ड टेक्निकल कलेज चितवन बाट BPH हुँदै नर्थ साउथ युनिभर्सिटी बाङ्गालादेश मा MPH टुंगिदै छ। युथ पावर नेपाल बाट सुरु भएको रोजगारीको यात्रा विभिन्न NGO/ INGO हुदै सहभागी, किड्स, आम्डा नेपाल , NHRC सेभ द चिल्ड्रेन , RTI International मा आउँदा टुंगियो म पहिले देखैनै विद्यार्थी आन्दोलन मा सरिक हुँदै नेतृत्वदाइ भुमिका खेल्दै हुर्केको हुनाले परिवर्तन र बिकास मेरो हरेक रगतको कड कडमा हुनु स्वभाबिक पनि हो । मैले सरकारी गैरसरकारी संघ सस्थामा काम गर्दा र जनस्वास्थ्य बिषय पढिरहदा र भोगिरहदा भेटेको र देखेको समस्याहरु समेटी जनस्वास्थ्यको क्षेत्रमा केही गर्छु भन्ने दृढ सन्कल्प बोकि प्रगतिशील प्यानल मार्फत सहसचिव पदमा 3 नम्बर प्रदेशबाट उम्मेद्बारी दिए मेरो सोच र दृढ़ सन्कल्प लाई आत्मसाथ गर्दै बिश्वास गर्दै अत्याधिक बहुमतले बिजयी गराउनु हुनेछ भन्ने आशा एबम बिश्वास व्यक्त गर्दछु परिवर्तन सम्भब छ हाम्रै पालामा त्यसैले बिश्वास गर्नुस जनस्वास्थ्य क्षेत्रको सान उच्च बनाउने छु जनस्वास्थ्यको छुट्टै अस्तित्व अनि पहिचान भन्ने मुल नारा लियर चुनावी मैदानमा होमिएको छु। मैले देखेका र भोगेका जनस्वास्थ्य क्षेत्रको निम्नलिखित समस्याहरुको न्यूनीकरणको निम्ति हदै सम्मको प्रयत्न मेरो तर्फबाट गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

मेरा प्रतिवद्धताहरु
१) जनस्वास्थ्य संघको पेशागत प्रतिबद्धता, पारदर्शिता बैधानिकता मान्यता अनुरुप अगाडि बढ्ने।

2)स्वास्थ्यमा भैरहेको ब्यापारीकरण र College अनुसारको शुल्कको अनियमितता र रोजगारी सृजना गर्ने बिषयलाई मध्यनजर गर्दै सरल र सहज वातावरण बनाउने र ब्यापारीकरण र शुल्कको अनियमितता नियमन गर्न सम्बन्धित निकायलार्इ दवावमूलक कार्यक्रम गर्ने ।
२) जनस्वास्थ्य सम्बन्धि पढाई हुने क्याम्पसहरु /University मा भौतिक पुर्बाधार को कमि, पर्याप्त lab को ब्यवस्था नहुने, O.J.T/Internship पर्याप्त नहुने क्याम्पसहरु /University हरुलाई मापदण्ड अनुसार मात्र हुने गरी सञ्चालन गर्नका लागि सम्बन्धित निकायमा दवाव दिर्इ एकरुपता कायम गर्न वहस पैरवी र दवावमूलक कार्यक्रम गर्ने ।
३) प्रदेशमा रहेका जनस्वास्थ्य सम्बन्धि मुद्दाहरु उठाइ दीर्घकालीन समाधानको निम्ति नीति, नियम बनाउन पहल कदमी चाल्ने।
४) प्रदेशिक स्वास्थ्य ब्यवसाय परिषद, प्रदेशिक स्वास्थ्य अनुसन्धान परिषद निर्माणको निम्ति पहिल कदमी चाल्ने।
५) नँया जनस्वास्थ्यकर्मीहरुलाइ प्रदेशमा नियमित तालिमको ब्यवस्था, रोजगारी सृजना गर्ने क्षेत्रहरुको पहिचान गरी सम्बन्धित निकायहरसंग बहस पैरवी गर्ने र भोलन्टियर गर्नु पर्ने बाध्यतालाई हटाउने।
६) समुदाय स्तरमा संचालित विभिन्न जनस्वास्थ्य सम्बन्धि कार्यक्रमको प्रभाबकारिता अध्ययन गरि प्रदेश सरकारसग समन्वय गरि निति , योजना निर्माणमा पैरवी गर्ने।
७) जनस्वास्थ्यसंग सम्बन्ध राख्ने हरेक प्रदेश स्तरिय समितिहरुमा नेफाको अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चितता गर्ने।
९) जनस्वास्थ्य सेवा ऐनको कार्यन्वयन, गुणस्तरीय जनस्वास्थ्य सेवा प्रवाह र जनस्वास्थ्यसंग सम्बन्धित मुलभुत विषयको वहस, पैरवीमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने।
१०) ३ नम्बर प्रदेशको स्वास्थ्य अवस्थाको सुधार तथा विकासका लागि आवश्यक ऐन, नियम, मापदण्ड निर्माण तथा कार्यान्वयनमा वहस, पैरवी तथा स्वास्थ्य सुशासन कायम राख्न पहल कदमी लिने ।
११) स्थानिय तह, प्रदेश र केन्द्रको जनस्वास्थ्य क्षेत्रको संरचनाहरुमा बैज्ञानिक ढङ्गले जनस्वास्थ्य तर्फको जनशक्तिको ब्यबस्थापन र तथ्यमा आधारीत जनस्वास्थ्यका कार्यक्रमहरु निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गर्ने।
१२) आफ्नो छुट्टै मोबाइल एप्लिकेसन बनाई स्वास्थ्य प्रवर्धन, रोग रोकथाम र स्वास्थ्य सेवाको उपभोग जस्ता जनस्वास्थ्य क्षेत्रको जानकारी रहने गरी मोबाइल Application तयार र कार्यान्वयन गरी नियमित जनता समक्ष पुर्याउने।
13) जनस्वास्थ्यको योजना तर्जुमा प्रदेश तथा स्थानिय तहसम्म गर्नको लागि पेशागत बिज्ञता अनुसार सरकारी, गैरसरकारी निजि क्षेत्र सगको समन्वयमा evidence based planning गर्न गराउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने।
14) जनस्वास्थ्यको फराकिलो दायरा अनुसार बैज्ञानिक तथ्य, तथ्यांक बिस्लेशण , सम्प्रेषण तथा पैरवी गर्ने जसको लागि नियमित ( continue professional education ) CPE सन्चालन गर्ने।
15)जनस्वास्थ्यको council स्थापना गर्न नेतृत्वदायी भुमिका निर्बाह गर्ने बहस पैरवी संचालन गर्ने।

नेफा को चुनाव बाट योग्य नेतृत्व पैदा होस हरेक नेपाली को स्वस्थ रहन पाउने अधिकार सुनिस्चित होस, हाम्रो भन्दापनि राम्रो नेतृत्व छान्न सबैलाई प्रेरणा मिलोस, माथी उल्लेखित तथा अन्य गतिविधीहरु संचालन गर्न सक्ने म जस्तै युवा पिढिको जन्म होस । सबै भन्दा राम्रो , उत्कृष्ट र् नमुना र जनस्वास्थ्य सम्बन्धि हरेक समस्याको समाधान गर्न सक्ने प्रादेशिक पब्लिक हेल्थ संघ बनोस हजुरहरु जस्तो बिज्ञता हरुले सोचको आधारमा प्रगतिशील समुहका उम्मेदवार चयन गर्नुहुनेछ भन्ने आशा एबम बिश्वास व्यक्त गर्न चाहन्छु।
चुनावको लागि सम्पूर्णलाई शुभकामना !!
जय जनस्वास्थ्य!

लेखक सापकोटा हाल नेपाल जनस्वास्थ्य संघको आसन्न प्रादेशिक निर्वाचनका प्रदेश न. ३ सह-सचिबका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया