चितवन / भरतपुर ११ अवस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटले पशु चिकित्सा स्नातक कोर्ष (Bvsc and Ah )को गत शैक्षिक सत्रको तुलनामा ४२ % शुल्क अर्थात ४,५०,००० प्रति बिद्यार्थी शुल्क बृद्दी र मनोमानी रुपमा बिद्यार्थी भर्ना गरे पश्चात कलेजका बिध्यार्थीहरु आन्दोलनरत छन् । नाराजुलुस सहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको क्रान्तिकारी एन.पी.आइ मुल इकाई समितिले आज सिटि जुलुस गरेको छ ।

लगातार को आन्दोलन पछी पनि कलेज प्रशासन बिद्यार्थीहरु को मर्का नबुझी आफुहरु पूर्णरुपमा शैक्षिक माफिया रहेको प्रमाणित गरेको र यस्तो बहिरो कलेज प्रशासन लाई बिद्यार्थी आवाज सुनाउन सिटि जुलुस गरेको साथै अझैपनि बिद्यार्थीहरु को आन्दोलन लाई बेवास्ता गरे थप शसक्त आन्दोलन गर्ने क्रान्तिकारी का क्याम्पस एकाई समिति अध्यक्ष सुन्दर बस्नेत ले जानकारी गराउनु भएको छ ।





