“नेपाल एक कृषि प्रधान देश हो, कृषि पढ कृषि, यसको राम्रो स्कोप छ ।” कुनैबेला कृषि को पढाई लाई अति तल्लो दर्जा मा लिइने यहि देश मा अहिले माथिको लाइन एकदम प्रचलित छ । अहिले सामुदायिक बिद्यालय तिर ९ कक्षा देखि प्राविधिक धार भन्दै कृषि अनि SEE पछी CTEVT बाट संचालित जे.टि.ए., आइ एस्सी एजी, यी सबै संगै +२ बिज्ञान पढेर आएका थपिएर बि.एस्सी.एजी.। कृषि मा स्नातक गराउने पनि १,२ कलेज हुन र पुर्वान्चल विश्व बिद्यालय, कृषि तथा बन विश्व बिद्यालय, त्रिभुवन विश्व बिद्यालय का केन्द्रीय तथा सम्बधन प्राप्त क्याम्पस को लर्को छ।
स्नाकोत्तर र बिध्यावारादी गरेको संख्या पनि बढ्दो छ तर त्यो जनशक्ति कृषि मा प्रत्यक्ष संलग्न हुन नसक्दा कृषि को आधुनिकीकरण र व्यवसायिकता खासै देखिदैन । कृषि जनशक्ति अहिले विदेश जानको लागि सजिलो, NGO,INGO मा जागिर को लागि र अध्यापन को लागि बढी आकर्षित देखिन्छ । यसको शिक्षा मात्र जागिर को लागि हुने हो भने कृषि मा पौराणीकता ले पोल्टो फेर्दै व्यवासायिक र आधुनिक कृषि मा परिणत भएको देख्न गाह्रो भैसकेको छ ।
एक त कृषि शिक्षा लाई अध्ययन संस्थाहरुले प्रयोगात्मक भन्दा सैदान्तिक शिक्षा मा सिमित राखेको कृषि अध्यनरत बिद्यार्थी को गुनासो छ । अर्को तर्फ कृषि बिज्ञहरु लाई प्रत्यक्ष कृषि तर्फ आकर्षित गर्ने राष्ट्र को कुनै स्पस्ट रणनीति देखिएको छैन । नेपालबाटै अध्ययन गरेर कोरिया, इजरायल जस्ता देशहरुमा कृषि कर्म नै गर्नेहरु को संख्या भन्दा पनि कम संख्या देशमा संलग्न भएको देखिन्छ । सरकारले कृषि प्रसार का अन्य रणनीति बनाइरहदा यदि कृषि पढेकाहरु लाई नै कृषि मा प्रत्यक्ष संलग्नता गराउने नीति तथा कार्यक्रम ल्याउन सके कृषि को आधुनिकीकरण र प्रविधि को अभिलंबन बढी हुने थियो की ?