हिकास्ट कलेज काठमाण्डौंमा अनिश्चितकालिन तालाबन्दी
शिक्षाखबर डेस्क
१ चैत्र २०७५, शुक्रबार
no immg

काठमाण्डौ /  चर्को शुल्कवृद्धि भएपछी एक महिना देखि आन्दोलनरत बिद्यार्थी संगठनहरुले शुक्रबार बिरोध कार्यक्रम गर्दै हिकास्ट कलेजमा अनिश्चितकालिन तालाबन्दीको घोषणा गरेका छन् ।

हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकास्ट ) मा संचालित स्नातक कार्यक्रम अन्तर्गत पशु चिकित्सा (BVSc & AH) संकायको १८ औ ब्याचमा चर्को शुल्क वृद्धि भएपछी बिधार्थी संगठनहरुले फाल्गुन ७ गतेको ध्यानाकर्षण पत्र,११ गतेको बिज्ञप्ति र २१ गते कलेज प्रशासन मा तालाबन्दी गरि कलेज प्रशासन लाई घच्घच्याउदा  पनि बिद्यार्थी आन्दोलन लाई सामान्य रुपमा लिदै चर्को शुल्क वृद्धि फिर्ता नगरी शिक्षा माथि व्यवसायिकता गर्न खोजेको साथै पुर्व सहमतिहरुको पालना नगरेको भन्दै बुधबार देखि नेकपा निकट बिद्यार्थी संगठनहरु अनेरास्ववियु , अनेरास्ववियू (क्रान्तिकारी) र बैद्य निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।

आन्दोलनले चरम उत्कर्ष लिदा पनि कलेज प्रशासनले माग सम्बोधन नगरेपछि आन्दोलनरत बिद्यार्थी संगठन क्रान्तिकारी का समग्र बिश्वबिद्यालय कमाण्डका संयोजक संजय कालधन, अनेरास्ववियु पुर्वान्चल बिस्वबिध्यालय रास्ट्रीय कमिटि अध्यक्ष रोशन भट्टराई,  क्रान्तिकारी का पुर्वान्चल बिस्वबिध्यालय कमिटि संयोजक बाल कुमार के सि, उपत्यका कमिटि का अध्यक्ष टोपेन्द्र खड्का लगायतका  केन्द्रीय तथा उपत्यका समितिहरुका बिद्यार्थी नेताहरुको उपस्थितिमा शुक्रबार कलेजको कलंकीमा रहेको भेटेनरी बिभाग अगाडी बिरोध कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय नेताहरुले कलेज प्रशासनले पूर्वाधार बढाएको बाहाना मा साथै विश्वबिद्यालयले सूचना नै निकाली सम्बधन शुल्क बिद्यार्थीबाट लिन नमिल्ने भन्दा पनि सम्पूर्ण अनावस्यक शुल्क जोड्दै “लुट कान्छा  लुट” को प्रबृत्ति देखाएको आफुहरु लाई असह्य हुने र यस्तो लुटतन्त्र मच्याउने शैक्षिक माफिया बिरुद्द लड्ने सम्पूर्ण बिद्यार्थीहरुमा आफुहरुको सधै साथ रहने हुदा नडराई अघि बढ्न निर्देशन तथा अनुरोध गरेका थिए ।

किसानहरुले दुख गरेर कमाई  छोराछोरीहरुलाई दक्ष प्राविधिक बिज्ञ बनाउने सपना माथि चर्को शुल्कका कारणले धनिहरु मात्र तिर्न सक्ने चर्को शुल्क खारेज गराउदै गरिब तथा मध्यस्तरका बिद्यार्थी सम्म पनि प्राविधिक शिक्षा को पहुच हुने बातावरण शिर्जना गर्न आफुहरु लडिरहने क्रान्तिकारी का क्याम्पस कमिटि अध्यक्ष चन्द्र प्रकाश कार्की को अभिव्यक्ति रहेको छ ।

आफुहरु पठनपाठन अवरुद्ध नगरी आन्दोलन गर्दा बेवास्ताका कारण केहि दिन बिद्यार्थीहरुलाई अप्ठेरो परेपनि दीर्घकालीन समस्याहरुको समाधानको लागि सम्पूर्ण कलेज बन्द गर्न बाध्य भएको साथै पुर्व सहमति अनुरुपको १०% सम्म को शुल्क वृद्धि गर्न पाउने सहमति लत्याएको ले अब आफुहरुपनि सौहार्दपूर्ण तरिका अपनाउन नसक्ने र १०% पनि शुल्क वृद्धि हुन नदिने अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष नबिन पन्थी ले बताउनु भएको छ ।

शान्तिपूर्ण आन्दोलनको करिब एक महिना बितिसक्दा पनि कुनै ठोस सहमति तर्फ उन्मुख नहुने कलेज प्रशासन प्रति आफुहरु कठोर कदम चाल्न परे पनि पछी नहटि आन्दोलन सफल पारेरै छाड्ने  बैद्य निकट अखिल क्रान्तिकारी का क्याम्पस कमिटि अध्यक्ष सुलभ बैद्य को बक्तब्य रहेको थियो ।

कलेज प्रशासन विरुध्दमा बिध्यार्थीहरुले विभिन्न नारावाजी पनि गरेका थिए ।

शिक्षाखवर फलोअप

हिकास्ट कलेज मा चर्को शुल्क बृध्दि बिरुद्द बिद्यार्थी संगठनहरुले गरे तालाबन्दी

https://shikshyakhabar.com/2019/02/27/4842

प्रतिक्रिया