चितवन, साउन ३२ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभएको छ ।
आज विहान भरतपुर अस्पतालको आधिकारिक फेसबुक पेजमा लाईभ मार्फत भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको र अर्काे एक जना स्वास्थकर्मि पनि संक्रमित भएको जानकारी दिए ।






