जब बिहान आँखा खाेल्छु
वरिपरि covid-19 कै चर्चा देख्छु । म यस्तो देशमा बाँचिरहेकी स्वास्थ्यकर्मी हुँ जहाँ हजारौं बिरामीको उपचार गर्दा काँप्न नसकेको शरीर आजकाे यस्तो
संक्रमणकालमा समाजसँग काँप्न थालेको छ।
म लगायतका स्वास्थ्यकर्मीहरु जस्तासुकै बिषम परिस्थिति आएपनि आफ्नो जिम्मेवारी बहन गरिरहेका छौँ। तर याे समाजमा शिर उच्च पारेर हिड्ने अवस्था छैन र हामी असुरक्षित महसुस गरिरहेका छौँ।
त्यसैले आम नेपालीलाई एउटा प्रश्न छ
“स्वास्थ्यकर्मी नै नरहे हजुरको स्वास्थ्य के हाेला ?”
अब जाउँ अस्पताल तर्फ:
हामी जाे कुनै पनि स्वास्थ्यकर्मी २४ घन्टासम्म PPE लगाएर काम गर्ने अवस्था पनि छैन ल मानिलिउँ कि २४ घन्टा त के ४८ घन्टा पनि ड्युटी गरौँला तर हाम्रो स्वास्थ्यकाे जिम्मा कस्ले लिन्छ ? Highly Suspected बिरामीसँग Touch भैसकेपछि घरमा कसरि जाने ?
त्यसैले स्टाफ व्यवस्थापनमा पनि संबंधित अस्तपताल प्रशासनले ध्यान दिन जरुरी छ ।
अन्तिममा एउटा कुरा मनमा आयो ।
हामी स्वास्थ्यकर्मी कहिले सम्म असुरक्षित हुने ?
जब कि उपचाररत बिरामी अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरु राजनितिज्ञ पार्टीका मानिसबाट कुटाइ खेप्नुपरेको जलन्द उदाहरण केहि दिन अगाडीको मनमोहन अस्पतालको आकस्मिक बिभाग हो । यो विषयमा “jail without bell ” को नारा कहाँ हरायो ?
मेराे अन्तिम प्रश्न “आखिर कहाँ छ याे सुरक्षा निकाय?”
(स्टाफ नर्स बर्सा क्षेत्रि चितवनको भरतपुर सेन्ट्रल अस्पतालमा कार्यरत छिन् ।)






