भदौ २९, चितवन । चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी अस्पतालमा २ जना कर्मचारीमा कोरोना भाइरस(कोभिड–१९)संक्रमण पुष्टि भएको छ । केहि समय अगाडि मात्र एक सल्य चिकित्सक सहित अस्पतालका चार जना कर्मचारी , एक जना बिरामी र निजको कुरुवामा संक्रमण पुष्ठि भएको थियो ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुइ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघिका संक्रमित कर्मचारीहरु सोहि अस्पतालमा उपचाररत छन् ।
अस्पतालका संक्रमित कर्मचारीको कसरि ब्यबस्थापन गरिएको छ भन्ने सम्बन्धमा अस्पतालका कार्यकारि निर्देशकसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।






