डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने समय थप
शिक्षाखबर डेस्क
२७ श्रावण २०७९, शुक्रबार
no immg

२७ साउन, काठमाडाैँ । डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने समय थप गरिएको छ। प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले बिहीबार एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो।

परिषद्को सुचनामा ‘सूचना प्रकाशित मिति २०७१।०४।२५ गते उपयुक्त सम्बन्धमा यस परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक शत्र २०७९/०७० का लागि परिषदका आंगिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धन स्वीकृति प्राप्त शिक्षण संस्थाहरुमा डिप्लोमा प्रमाणपत्र तहका बिभिन्न कार्यक्रमहरुमा र प्रि-डिप्लोमा तहको मिति २०७२।०४।१२ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचनामा वर्गीकृत निःशुल्क छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने अन्तिम म्याद क्रमशः मिति २०७९।०४।२६ गते तोकिएकोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदका उपाध्यक्षस्तरीय मिति २०७२।०४।२६ गतेको निर्णयानुसार देहाय बमोजिम अन्तिम मिति कायम हुने गरी बगीकृत नि:शुल्क) छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ भनि उल्लेख गरिएको छ।

सिटिइभिटीको सुचना अनुसार डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन मिति निम्न अनुसार कायम भएको छ।

डिप्लोमा/प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फ:

Online आवेदन फाराम भर्ने अन्तिम मिति २०७९।०५।०६ गते बुधबार सम्म ।

प्रवेश परीक्षा मिति : २०७९।०५।१८ गते शनिवार बिहान ८:०० बजे

परीक्षा केन्द्र : आवेदकले Online फाराम भर्दा रोजेको जिल्ला भित्रको परीक्षा केन्द्र हुनेछ । परीक्षा केन्द्रको नाम पछि प्रकाशित गरिनेछ।

प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फ

Online आवेदन फाराम भर्ने अन्तिम मिति २०७९।०५।०८ गते बुधबार सम्म ।

प्रवेश परीक्षा मिति : २०७९।०५१८ गते शनिवार दिउँसो ३:०० बजे

परीक्षा केन्द्र : आवेदकले Online फाराम भर्दा रोजेको जिल्ला भित्रको परीक्षा केन्द्र हुनेछ । परीक्षा केन्द्रको नाम पछि प्रकाशित गरिनेछ।

प्रतिक्रिया