त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघको ताला
शिक्षाखबर डेस्क
३ भाद्र २०७९, शुक्रबार
no immg

३ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ । परीक्षामा लापरबाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले विश्वविद्यालयमा पुनः ताला लगाएका हुन् ।

त्रिविका रजिस्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको छ । यसको अगुवाइ नेपाल विद्यार्थी संघले गरेको छ ।

यसले विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । गत असार २७ गते लगाइएको ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद हुन सकेको छैन । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएको छ ।

यसअघि त्रिविका उपकुलपति, रजिस्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघ र शिक्षकहरूले १ सय ४० दिन ताला लगाएका थिए । उक्त तालामध्ये नेविसंघले गत जेठ २७ गते र आंशिक शिक्षकले जेठ २९ गते खोलेका थिए ।

प्रतिक्रिया