पोखरा विश्वविद्यालयले खुला गर्यो छात्रवृत्तिका लागि आवेदन
शिक्षाखबर डेस्क
१६ भाद्र २०७९, बिहीबार
no immg

१६ भदाै, पोखारा। पोखरा विश्वविद्यालयले छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार विश्वविद्यालयले आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरूमा निः शुल्क छात्रवृत्तिका लागि आवेदन खुला गराएको हो।

विश्वविद्यालयले जारी गरेको सुचनामा विश्वविद्यालयलाई प्राप्त हुनजाने छात्रवृत्ति कोटाहरू मध्ये स्थानीय छात्रवृत्ति र शिक्षक तथा कर्मचारी सन्तति छात्रवृत्तिको कोटा बाहेक ६० प्रतिशत कोटा खुला र ४० प्रतिशत कोटा अपाङ्ग, सहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायलाई सुरक्षित गरिने जानकारी दिएको छ।

खुला र आरक्षित दुबै प्रकारका छात्रवृत्ति कोटामा महिलाहरूका लागि ५०/५० प्रतिशत छात्रवृत्ति कोटा सुरक्षित गरिने पनि सुचनामा जानकारी दिइएको छ।

विश्वविद्यालयलाई प्राप्त हुन जाने निःशुल्क छात्रवृत्ति कोटामा नियमानुसार सार्वजनिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका र छात्रवृत्ति छनौट प्रवेश परीक्षामा समेत सफल भएका उम्मेदवारहरुलाई तेस्रो चरणको (Scholarship Awarded List-11) छात्रवृत्ति वितरण गरी सकेपछि पनि कोटा रिक्त रहन गएमा सार्वजनिक विद्यालय (कक्षा ६ देखि १० सम्म अध्ययन गरेका बाहेक र संस्थागत विद्यालयमा अध्ययन गरी एसईई वा एसएलसी उत्तिर्ण गरेका उम्मेदवारहरुलाई समेत मेरिटका आधारमा छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिइएको छ।

सार्वजनिक विद्यालय (कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरेका बाहेक) र संस्थागत विद्यालयमा अध्ययन गरी एसईई वा एसएलसी उत्तिर्ण गरेका उम्मेदवारहरुले तोकिएको कागजातहरु बाहेक कुनै पनि प्रकारका सिफारिस पत्र पेस गर्नु नपर्ने उल्लेख गरिएको छ।

छात्रवृत्ति कार्यक्रम सम्बन्धी विस्तृत जानकारी पोखरा विश्वविद्यालयको Website: https://pu.edu.np/ अथवा छात्रवृत्ति शाखाको पोर्टल https://scholarship.pu.edu.np मा गइ हेर्न सकिनेछ।

छात्रवृत्तिका लागि फाराम भर्ने अन्तिम मिति असोज ५ गतेसम्म रहेको छ। फाराम अनलाइनबाट भर्न सकिने जानकारी दिइएको छ।

 

प्रतिक्रिया