कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने, क-कसले दिन पाउँछन् ?
शिक्षाखबर डेस्क
१८ भाद्र २०७९, शनिबार
no immg

१८ भदाै, काठमाडाैँ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सुचना जारी गर्दै यी २ दिन ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६०० का दरले बुझाइ सक्नुपर्नेछ। त्यस्तै, १४ गतेसम्म बिलम्ब शुल्क सहित १२०० बुझाइ सम्बन्धित विद्यालय मार्फत असोज २५ गतेसम्म कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भाैचर सहित आवेदन फाराम बुझाइ सक्नुपर्ने जानकारी दिइएको छ।

कक्षा १२ को परीक्षामा नियमित तर्फ सहभागी भएर सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सोभन्दा माथिल्लो ग्रेड ल्याएका र २ विषयमा NG (Not Graded) प्राप्त गर्नेहरू र २ विषयमा अनुपस्थित भएकाहरू पनि यस परीक्षमा सहभागी हुन पाउनेछन्।

असोज ३० गते अंग्रेजी (००४१), एउटा विषयमा मात्रै परीक्षा दिने विद्यार्थीहरू र २ विषयमा परीक्षा दिनेहरूले भने सबैभन्दा सानो कोड नम्बर भएको विषयको परीक्षा दिन पाउनेछन्।

त्यसैगरी, ३१ गते २ विषयमा परीक्षा दिनेहरूले सबैभन्दा ठूलो कोड नम्बर हुने विषयको परीक्षा दिनु पर्नेछ।

ग्रेड वृद्धि परीक्षा सम्बन्धि सुचना हेर्नुहोस्।

प्रतिक्रिया