त्रिचन्द्र कलेजमा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान
शिक्षाखबर डेस्क
२६ भाद्र २०७९, आईतवार
no immg

 २६ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ।

घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो।

नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो।

प्रतिक्रिया
सम्बन्धित खबर