बहुप्राविधिक शिक्षालय भवनको काम जारी
शिक्षाखबर डेस्क
२७ आश्विन २०७९, बिहीबार
no immg

२७ असोज, जाजरकोट। सबै खालका प्राविधिक शिक्षा एकैठाउँमा पढाउनका लागि स्थापना गरिएको जाजरकोट बहुप्राविधिक शिक्षालय भवन बनाउने काम जारी रहेको छ ।

अघिल्लो वर्षदेखि सुरु गरिएको काम निरन्तर चलिरहेको छ । भवनको अभावमा खुलाचौरमा पढ्दै आएका विद्यार्थी भवन निर्माणसँगै अत्यधुनिक सेवासहित सुविधा लिन पाउनेछन् ।

प्राविद्यिक शिक्षालय रहेको भेरी नगरपालिका–६ काफचौरमा सडकको स्तरोन्नतिका लागि रु ४० करोड विनियोजन भई काम सुरु गर्न लागिएको जनाइएको छ । सिटिइभिटीइद्वारा सञ्चालनमा रहेको सरकारी बहुप्राविद्यिक शिक्षालय पूर्णरूपमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा पर्ने यो शिक्षालयबाट सिस्ने हिमाललगायतका उच्च हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

रु २० करोडभन्दा बढी रकमबाट अहिले भौतिक संरचनाको काम जारी रहेको छ । यहाँ शिक्षालय नहुँदा बर्सेनि विद्यार्थी लाखौँ रकम खर्चेर बाहिर जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

प्रतिक्रिया