जुम्लाका आमाहरूलाई स्तनपान शिक्षा
शिक्षाखबर डेस्क
२५ श्रावण २०८०, बिहीबार
no immg

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्तनपान शिक्षा सुरु भएको छ। प्रतिष्ठानका नर्सहरूले आमाहरूलाई स्तनपान शिक्षा दिन सुरु गरेका हुन्। नर्सहरूले बच्चालाई कसरी दुध चुसाउँदा ठिक प्रभावकारी हुन्छ, पौष्टिक आहार र अन्य विषयमा शिक्षा दिन सुरु गरेका हुन्।

प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार यसपटक स्तनपान सप्ताहका अवसरमा विभिन्न काम गरिएको छ। उनले भनिन्– अगस्ट १ देखि ७ सम्मको अन्तर्राष्ट्रिय स्तनपान सप्ताहमा प्रतिष्ठानका नर्सहरू, डाक्टर र अध्ययनरत विद्यार्थी र सेवाग्राही आमाहरूको सहभागितामा विभिन्न सचेतना कार्यक्रम गरेका छौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत नर्स तथा चिकित्सकले स्तनपान सप्ताहका अवसरमा स्तनपान शिक्षा, प्रदर्शनीसहित विभिन्न काम गरेर मनाएका छन्।

उनका अनुसार अगस्ट १ मा आमाहरूलाई स्तनपान कसरी गराउने भन्ने विषयमा स्वास्थ्य शिक्षा, अगस्ट २ मा फोकस ग्रुप छलफल, अगस्ट ४ मा स्तनपान शिक्षाका विषयमा प्रदर्शनी सचेतना कार्यक्रम गरिएका छन्। यस्तै सचेतना कार्यक्रममा आमाहरूलाई दुध पछिसम्म कसरी भण्डारण गरेर खुवाउन सकिन्छ भन्नेसहितका स्वास्थ्य शिक्षाको सचेतना दिइएको छ। सचेतना कार्यक्रममा नर्सिङ अफिसर थापा, मिडवाफ्री निर्देशक सविता खड्का, प्रतिष्ठानका नर्स तथा डाक्टरहरूले स्तनपान सप्ताहका अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन्। नर्स अधिकृतहरूले आमाहरूलाई दुध कुन तापक्रममा कसरी स्टक गर्ने भन्ने विषयमा पनि आमाहरूलाई जानकारी गराइएको छ। अस्पतालमा जाँच गराउन आएका, सुत्केरी भएका र उपचारका लागि आएका आमाहरूलाई सप्ताहका अवसरमा अन्डा, फलफूलसमेत वितरण गरिएको र समापनमा बृहत् र्‍याली गरिने तालिका रहेको छ।

प्रतिक्रिया