शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल लिएर प्रवेश गर्न नदिन गाउँपालिकाको निर्देशन
शिक्षाखबर डेस्क
१२ भाद्र २०७९, आईतवार
no immg

१२ भदाै, गुल्मी। गुल्मीको एक गाउँपालिकाले शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल लिएर प्रवेश गर्न नदिन निर्देशन दिएको छ।

गुल्मीको छत्रकोटा गाउँपालिकाले  विद्यार्थीलाई विद्यालय परिसरमै तथा शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल लैजान नदिन सबै विद्यालयहरूलाई निर्देशन दिएको हो।

गाउँपालिकाको भदाै ९ गते बसेको बैठकले मोबाइल फोनको कारण विद्यार्थीहरुको पठन पाठनमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले यस्तो निर्णय गरेको जानकारी दिइएको छ।

‘मोबाइल फोनको कारण विद्यार्थीहरुको पठन पाठनमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले, गाउँ शिक्षा समितिको मिति २०७९।०५।०९ गतेको निर्णयानुसार शिक्षकहरुले कक्षाकोठा भित्र र विद्यार्थीहरुलाई विद्यालय हाताभित्र मोबाइल लैजान पूर्ण रुपमा निषेध गरिएकोले यस गा.पा. अन्तर्गत सम्पूर्ण विद्यालयहरुले सोही अनुसार गर्नु / गराउनुहुन अनुरोध छ।’ गाउँपालिकाद्वारा जारी निर्देशनमा भनिएको छ।

प्रतिक्रिया